चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

  • Technology Khabar | २८ मंसिर २०८०, बिहीबार
चिसोका कारण किर्गिजस्तानका विद्यालयमा अनलाइन पढाइ

काठमाडौं ।

अत्यधिक चिसोका कारण किर्गिस्तानका सबै विद्यालयहरू डिसेम्बर १३ देखि १५ सम्म अनलाइन माध्यमबाट सञ्चालन गरिएका छन्।

किर्गिजस्तानको हाइड्रोमेटियोरोलोजी एजेन्सीकाअनुसार देशका केही क्षेत्रहरूमा तापक्रम माइनस ३५ डिग्री सेल्सियसमा झर्ने अनुमान गरिएको छ।

यसैगरी किर्गिस्तानको पहाडी क्षेत्रमा हिमपातका कारण हिमपहिरोको सम्भावना उच्च रहेको आपतकाली मन्त्रालयले जनाएको छ।

यातायात मन्त्रालयले वर्षाका कारण केही पहाडी सडक र नाका आवतजावत गर्न बन्द गरेको जनाएको छ। यहाँका सडकहरू हिँउले सेताम्य भएका छन्।

प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...