फोनपेको संचालक समितिको अध्यक्ष पदमा सशीन जोशी नियुक्ति

  • Technology Khabar | २८ मंसिर २०८०, बिहीबार
फोनपेको संचालक समितिको अध्यक्ष पदमा सशीन जोशी नियुक्ति

काठमाडौं ।

फोनपेले संचालक समितिको अध्यक्षको रुपमा सशीन जोशीलाई नियुक्त गरेको छ। साथै, मङ्सिर २७ गते उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बम बहादुर मिश्रा बाट शपथ लिई पदावली गरेका छन्।

यस अघि उनी फोनपेको स्वतन्त्र संचालकको रुपमा आवद्ध थिए। सशीन जोशी, जोखिम व्यवस्थापन, रणनैतिक योजना र अन्तराष्ट्रिय व्यापारमा विशेष दखल राख्ने बैंकरको रुपमा परिचित छन्। करिब दुई दशक भन्दा बढि समय उनी नेपालको प्रमुख बैंकिङ संस्थाहरुमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए।

अध्यक्ष सशीन जोशीले भने, “आफुले फोनपे संस्थालाई अझै बढि सवल, सक्षम र नेपालको डिजिटल भुक्तानी प्रणालीको एउटा जिम्मेवार संस्थाको रुपमा विकास गर्न फोनपेको व्यवस्थापनलाई मार्ग निर्देशन र सहयोग रहनेछ।”

प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार