
काठमाडौं ।
बागमती प्रदेश प्रहरी कार्यालय, हेटौंडाले प्रबिधिको प्रयोग गरी नागरिकलाई सहज सेवा प्रबाह र आफ्नो सेवालाई प्रभावकारी बनाउन क्युआर कोड प्रयोगमा ल्याएको छ।
प्रहरी सेवा प्रबाहलाई छिटो, छरितो, व्यवस्थित जबाफदेही, पारदर्शी र जिम्मेबारी बोध गराई नागरिक सु-सम्बन्ध एवं सुशासन कायम राख्ने प्रयोजनका लागि क्युआर कोड प्रचलनमा ल्याएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
क्युआर कोड प्रयोगसम्बन्धी कार्यबिधि निर्माण गरी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण राणाबाट स्वीकृतिपछि क्युआर कोड प्रचलनमा ल्याइएको हो।
प्रहरी सेवाको सम्बन्धमा कुनै गुनासो समस्या बा सुझाब भएमा सेबानाडौले आफ्नो भनाइ राख्न तथा सम्पर्क गर्ने प्रयोजनका लागि क्युआर कोडको अवधारणा ल्याइएको काठमाडौं उपत्यकाबाहेकका १० जिल्ला कार्य क्षेत्र रहेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ।
बागमती प्रदेश प्रहरी मातहतका जिल्ला प्रहरी कार्यालय २९८ बटा स्थानीय तहका कार्यालयमा प्रहरीको कामकारबाही र पृष्ठपोषण रहने गरी क्युआर कोड प्रयोगसम्बन्धी मापदण्ड तयार गरी उजुरी/गुनासोको कार्यान्वयनको प्रगतिका बारेमा उजुरीकर्तालाई जानकारी गराउनेसमेत ब्यबस्था मिलाइएको छ। क्युआर कोड स्क्यान गरी प्राप्त निर्देशनबमोजिम प्रहरी सेवा सम्बन्धमा आफ्ना कुनै गुनासो तथा सुझाव राख्न सकिने व्यवस्था गरिएको छ।
परम्परागत तरिकाबाट सेवा दिँदै आएकोमा क्युआर कोड प्रचलनमा आएसँगै सेवामा नागरिकलाई सहजता पहुँच वृद्धि र छिटो सेवा प्रवाह हुने प्रहरी कार्यालयको विश्वास रहेको छ।
क्युआर कोड सार्वजनिक भएसँगै अब नागरिकले घरबाट आफ्नो समस्या तथा पोरमका जिल्ला प्रहरी कार्यालयमा पठाउन सक्ने छन्। नागरिकका गुनासा समस्या र रचनात्मक सुझाव सकलन गर्नसमेत सो कोड प्रयोगमा ल्याइएको हो। यो कोडबाट प्राप्त उजुरी कार्यान्वयन भए/नभएको विवरण उजुरोकर्तालाई दिइनेसमेत व्यवस्था मिलाइएको छ।
क्युआर कोड प्रचलनमा आएसँगै अब नागरिकले शान्तिसुरक्षामा भएका समस्या र कमजोरीका साथै सुधारका लागि घर बा आफू बसेको स्थानबाट प्रविधिमार्फत जानकारी दिन बा उजुरी गर्न सक्ने छन्।
नागरिकलाई आफ्ना सुझाब कुनै गुनासा उजुरी बा निवेदन दिन प्रहरी कार्यालयसम्म पुग्नुपर्ने छैन । क्युआर कोडमार्फत आएका उजुरीको वर्गीकरण गरी जरुरीको आधारमा सम्बोधन गर्ने जनाइएको छ। गोरखापत्रबाट
प्रकाशित: २८ मंसिर २०८०, बिहीबार