अर्को वर्ष आउने आईफोन १६ को डिजाइनहरू परिवर्तन हुनसक्ने संकेत

  • Technology Khabar | २८ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

हालैको आईफोन १५एस ले नविनतम डिजाइन नदिएको गुनासो आईरहेको सन्दर्भमा आगामी आईफोन १६ भने पूर्णरुपमा नयाँ लुक्समा आउने अनुमान गरिएको छ।

हालैको एक नयाँ रेन्डरले बटन र क्यामरा मेकओभरको संकेत गरेको हुँदा आगामी आईफोन १६ मा भने धेरै चीजहरू परिवर्तन हुन सक्ने उल्लेख छ।

म्याकरुमर्सले आईफोन १६ को एक प्रि–प्रोडक्ट डिजाइन प्राप्त गरेको र तिनीहरूले उक्त स्रोतलाई गुमनाम राख्दै रेन्डरहरू मार्फत साझा गरेको छ। तिनीहरूले तीन ओटा सम्भावित रेन्डरहरू साझा गरेको र प्रत्येकले विकासको फरक चरण प्रदर्शन गरेको बताईएको छ।

आईफोन १६ रेन्डरहरूले सम्भावित डिजाइन परिवर्तनहरू देखाउँछ

यी रेन्डरहरूले आईफोन १६ का लागि केही रोचक परिवर्तनहरूमा सङ्केत दिएको छ। हालको डायगोनलको सट्टामा भर्टिकल क्यामरा लेआउट र फरक बटन प्लेसमेन्टहरूको सम्भावना रहेको रेन्डर्सले देखाएको रिपोर्टमा भनिएको छ।

चाखलाग्दो कुरा के छ भने, यल्लो (पहेँलो), पिंक (गुलाबी) र मिडनाइट रङ्गहरूमा प्रोटोटाइप आईफोनहरु देखा परेको र एप्पलले परीक्षण गरिरहेको उल्लेख गरिएको छ। साथै मुख्य रूपमा आईफोन १५ को लागि भनेर विचार गरिएका अन्य रङ्ग विकल्पहरू आईफोन १६ मा पनि परीक्षण गरिएको म्याकरुमर्सले लेखेको छ।

यल्लो (पहेँलो) मोडल आईफोन १६ को लागि सबैभन्दा प्रारम्भिक डिजाइन भएको जनाइएको छ। यसमा सिङ्गल भोल्युम रकर, “एक्सन” बटन र आईफोन एक्सको सम्झना दिलाउने क्यामरा बम्प रहने छ। त्यसैगरी पिंक (गुलाबी) मोडलमा छुट्टै भोल्युम बटन, एक्शसन बटन र आईफोन १२ को जस्तै क्यामरा बम्प रहेको छ।

अर्कोतर्फ, मिडनाइट आईफोनमा लार्जर एक्सन बटन र नयाँ “क्याप्चर” बटन रहेको छ। साथै ब्ल्याक भेरियन्ट (कालो संस्करण) आईफोन १६ को लागि अन्तिम डिजाइन हुनसक्ने स्रोतले विश्वास गरेको रिपोर्टमा उल्लेख छ।

सबै रेन्डर्ड मोडलहरूमा भर्टिकल्ली स्ट्याक्ड क्यामराहरू सामान भएको जनाइएको छ। साथै क्यामरा लेआउटमा गरिएको यस परिवर्तनले नयाँ आईफोनलाई नवीनतम मोडलको रूपमा पहिचान गर्न योग्य बनाउने छ। यो सेटअप पुष्टि भएको देखिएको अवस्थामा म्याकरुमर्सले एप्पलले दुई फरक क्यामरा बम्प डिजाइनहरू विचार गरिरहेको थप सुझाव दिएको छ।

आईफोन १६ लन्च हुनका लागि अझै पनि ९ महिना बाँकी भएकाले आधिकारिक खुलासा हुनु अघि कुनै पनि विवरणहरू परिवर्तन हुन सक्छ।

प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार