भारतमा गोगोरोको ब्याट्री स्वापिङ स्टेशन र जीएक्स२५० स्कुटर लन्च

  • Technology Khabar | २८ मंसिर २०८०, बिहीबार

काठमाडौं ।

ताइवानी इलेक्ट्रिक दुई पांग्रे निर्माता गोगोरोले क्रसओभर जीएक्स२५० इलेक्ट्रिक स्कुटर भारतमा सार्वजनिक छ। यससँगै कम्पनी आधिकारिक रुपमा भारतमा प्रवेश गरेको छ।

गोगोरो क्रसओभर जीएक्स२५० इलेक्ट्रिक स्कुटर पेस गर्नुका साथै आफ्नो ब्याट्री स्वापिङ जोस्टेशन भारतमा लन्च गर्ने घोषणा गरेको छ। कम्पनीले भारतीय बजारमा परीक्षण गर्नका लागि यसलाई पायलट कार्यक्रमको रुपमा सञ्चालन गर्ने ड्राइभस्पार्कले उल्लेख गरेको छ।

गोगोरोका संस्थापक तथा सीईओ होरेस ल्यूकले भने, ‘गोगोरो क्रसओभर जीएक्स२५० भारतमा विशेष सुविधाका साथ पेस गरिनेछ।’ ठूलो साइजको भएकाले कम्पनीले यस इलेक्ट्रिक स्कुटरलाई दुई पांग्रे एसयूभी नाम दिइएको छ। यसको उत्पादन महाराष्ट्रमा भइरहेको छ।

कम्पनीका अनुसार गोगोरो क्रसओभर जीएक्स२५० विभिन्न सडकलाई ध्यानमा राखेर डिजाइन गरिएको छ। यो अन्य प्रतिस्पर्धी इलेक्ट्रिक स्कुटर भन्दा अधिक ग्राउण्ड क्लियरेन्सका साथ आउनेछ।

नयाँ जीएक्स२५० मा हाई परफमेन्स र उत्कृष्ट स्टेबिलिटीका लागि अल–टेरेन फ्रेमको सुविधा दिइएको छ। स्कुटरलाई भारतीय बजार अनुकूल डिजाइन गरिएको छ। कम्पनीका अनुसार यस इलेक्ट्रिक स्कुटरको हर्न पनि भारतीय सवारी अनुरुप डिजाइन गरिएको छ।

क्रसओभर जीएसक्स२५० ले २.५ किलोवाट पवारमा ६० किलोमिटर भन्दा अधिक गति र १११ किलोमिटर रेञ्ज प्रदान गर्छ।

कम्पनीको लक्ष्य ताइवानको आफ्नो सफलता भारतमा पनि दोर्याउने रहेको छ। कम्पनीले ताइवानमा १२ हजार ब्याट्री स्वापिङ स्टेशन मार्फत १३ लाख भन्दा अधिक स्मार्ट ब्याट्रीका साथ ६ लाख भन्दा बढी ग्राहकलाई सेवा दिइएको छ।

जीएक्स२५० इलेक्ट्रिक स्कुटर सुरुवातमा दिल्ली र गोवाका बी२बी ग्राहकलाई उपलब्ध गराइनेछ। यसलाई २०२४ को मध्यमा पुणे र मुम्बईमा पेस गरिने छ।

प्रकाशित: २८ मंसिर २०८०, बिहीबार

तपाइको प्रतिक्रिया

ताजा समाचार

केयुमा ‘आइटी–मिट’को आयोजना

  • Technology Khabar
  • ९ पुष २०८२, बुधबार