
काठमाडौं ।
भुक्तानी सेवा प्रदायक नमस्ते पेबाट अब दूरसञ्चार सेवा प्रदायक एनसेलमा ५० रुपैयाँभन्दा कम रकमको टपअप नहुने भएको छ। नमस्ते पे मार्फत आज (मंगलबार) राती १० बजेदेखि एनसेलमा ५० रुपैयाँभन्दा कमको टपअप नहुने भएको हो।
नमस्ते पेको सूचना यस्तो छ, ‘एनसेलको नयाँ नियम अनुसार आज राती १० बजेदेखि रु ५० भन्दा कमको टपअप नहुने भएकाले नमस्ते पे एपबाट पनि रु ५० भन्दा कमको टपअप गर्न नसकिने व्यहोरा सबैमा अनुरोध छ।’
यस अघि अन्य भुक्तानी सेवा प्रदायकहरुले एनसेलमा ४० रुपैयाँभन्दा कमको टपअप नगर्न अग्रह गर्दै सूचना जारी गरेका थिए।
प्रकाशित: २६ मंसिर २०८०, मंगलवार