चितवनमा राष्ट्रिय स्तरको ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आयोजना हुँदै

  • Technology Khabar | २६ मंसिर २०८०, मंगलवार
चितवनमा राष्ट्रिय स्तरको ‘युनाइटेड टेक फ्युजन’ कार्यक्रम आयोजना हुँदै

काठमाडौं ।

चितवनको भरतपुरमा अवस्थित युनाइटेड टेक क्लबले युनाइटेड टेक्निकल कलेजसँगको सहकार्यमा राष्ट्रियस्तरको दुई दिने युनाइटेड टेक फ्युजन’ आयोजना गर्ने भएको छ।

यो प्राविधिक उत्सवमा क्याप्चर द फ्ल्याग, रोबो फुटबल र प्रोजेक्ट प्रदर्शन सहित रोमाञ्चक प्रतियोगिताहरू संचालन गरिने बताईएकोछ।

आयोजककाअनुसार सहभागी प्रतियोगीहरुले यातायात, शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, ग्रामीण विकास, वैकल्पिक ऊर्जा, साइबर सुरक्षा, जोखिम व्यवस्थापन, वित्तीय, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायतका क्षेत्रमा आफ्नो विवेक, रचना र उनीहरुले शैक्षिक संस्थाबाट सिकेका ज्ञानलाई प्रयोग गरी वास्तविक समस्याहरूको समाधानमा प्रोजेक्ट तयार पार्ने सक्नेछन्।

जुनसुकै क्षेत्रको विद्यार्थी वा विद्यार्थी समूहले यस प्रतियोगितामा आफ्नो सिर्जना प्रस्तुत गर्न पाउनेछन्।

युनाइटेड टेक फ्युजन विभिन्न विज्ञान र प्रविधि विभागका विद्यार्थीहरूलाई सहयोगी र नवीन प्लेटफर्ममा सँगै ल्याउने कार्य गर्न, विद्यार्थी सशक्तिकरणको प्रवर्द्धन गर्न, सहकार्यलाई बढावा दिन र इन्जिनियरहरूको अर्को पुस्तालाई प्रेरित गर्ने व्यापक शिक्षा र ईन्जिनियरिङ साथै नवीन भविष्यको लागी प्रतिबद्धताको एक कार्यक्रम रहेको क्लबका अध्यक्ष विवेक पौडेलले जानकारी दिए।

यो कार्यक्रमका प्रतियोगिताहरु आगामी पुस ११ र १२ मा भरतपुरस्थित युनाइटेड टेक्निकल कलेजमा हुने बताइएको छ।

प्रतियोगितामा प्रविधि र खोजसँग सम्बन्धित संघसंस्था, कलेज तथा टेक क्लबहरुले सहभागिता जनाउन पाउनेछन्। साथै राष्ट्रियस्तरको दक्ष निर्णायकहरुको मूल्यांकनको आधारमा उत्कृष्ट प्रतियोगीहरुको चयन गरिने आयोजकले जनाएको छ।

प्रतिस्पर्धामा उत्कृष्ट प्रतियोगिहरु मध्ये प्रथम हुनेले रु. ३०,०००/- नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र, द्वितिय हुनेले रु. २०,०००/- नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र तथा तृतिय हुनेले रु.१०,०००/- नगद पुरस्कार सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रकाशित: २६ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...