
काठमाडौं ।
बीवाईडी अटो इन्डष्ट्रिज कम्पनी लिमिटेडको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालिले देशका मुख्य मुख्य स्थानहरुमा ११ डीसी फास्ट चार्जर जडान गरेको छ।
कम्पनीकाअनुसार नयाँ जडित डीसी फास्ट चार्जर देशका मुख्य शहरहरु, पोखरा, नेपालगंज, बुटवल, विराटनगर, जनकपुर, नारायणघाट, अनामनगर, मुलकोट, बिर्तामोड, नक्साल र गुह्येश्वरीमा राखिएको छ। यी चार्जरहरु मध्ये, १० ओटा चार्जरले ३० किलोवाटको पावर आउटपुट दिने छ भने मुलकोटमा जडित चार्जर भने ६० किलोवाटको फास्ट चार्जरबाट सुसज्जित छ।
यसरी, साइमेक्सद्वारा पहिलेनै विभिन्न स्थानमा जडान गरिसकिएका ४० किलोवाटका १४ फास्ट चार्जर नेटवर्कलाई थप विस्तार गरिएको हो। यी चर्जिङ्ग पुर्वाधारहरुको सर्वसुलभ र व्यापक स्थापनाले, सवारी साधनमा दिगो समाधान खोज्ने कम्पनीको प्रतिबद्धतालाइ अझै स्पष्ट पारेको छ।
विद्युतीय साधन चार्जिङ्ग स्टेसनको बढ्दो मागको सम्बोधन गर्दै, साइमेक्सले चार्जिङ्ग नेटवर्कहरुको थप विकास र विस्तार गर्ने योजना राखेको छ।
साथै, डिसेम्बर २०२३ को अन्त्य सम्ममा थप १८ डीसी फास्ट चार्जरहरु पनि संचालनमा ल्याइने जनाएको छ।
प्रकाशित: २६ मंसिर २०८०, मंगलवार