भारतमा टाटाले इन्डियन आयलका ५०० पेट्रोल पम्पहरूमा इभी चार्जिङ प्वाइन्ट तयार गर्ने

  • Technology Khabar | २६ मंसिर २०८०, मंगलवार
भारतमा टाटाले इन्डियन आयलका ५०० पेट्रोल पम्पहरूमा इभी चार्जिङ प्वाइन्ट तयार गर्ने

काठमाडौं ।

भारतमा टाटा पावर र इन्डियन आयल कर्पोरेशन लिमिटेड (आईओसी) ले देशभरका तेल मार्केटिङ कम्पनीका पेट्रोल पम्पहरूमा ५०० ओटाभन्दा बढी इलेक्ट्रिक भेहिकल (ईभी) चार्जिङ प्वाइन्टहरू उपलब्ध गराउन एक समझदारी पत्रमा हस्ताक्षर गरेका छन्।

टाटा पावरको एक विज्ञप्तिअनुसार यी ईभी चार्जिङ प्वाइन्टहरू भारतको मुम्बई, दिल्ली, कोलकाता, बेंगलुरु, अहमदाबाद, पुणे र कोची जस्ता प्रमुख शहरहरूका साथसाथै मुम्बई-पुणे एक्सप्रेसवे, सलेम-कोची राजमार्ग, जस्ता प्रमुख राजमार्गहरूमा अवस्थित हुनेछन्।

यो रणनीतिक सहकार्य एक भरपर्दो र फराकिलो इन्टरसिटी चार्जिङ नेटवर्क निर्माण गर्नमा केन्द्रित भएको र यसले शहरहरू बीच यात्रा गर्ने इभी मालिकहरूको दायरा चिन्ता कम गर्न मद्दत गर्ने बताईएको छ।

भारत पेट्रोलियम कर्पोरेशन लिमिटेड (बीपीसीएल) र टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी लिमिटेड (टीपीईएम) ले विद्युतीय सवारीका लागि ७ हजार चार्जिङ पोइन्टहरू स्थापना गर्न गत हप्ता एमओयूमा हस्ताक्षर गरेपछि यो नयाँ सम्झौता भएको भारतीय एजेन्सी आईएएनएसले रिपोर्ट गरेको छ।

प्रकाशित: २६ मंसिर २०८०, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार