चिनियाँ स्मार्टफोन बजारमा शाओमीको प्रभुत्व

Technology Khabar २७ मंसिर २०८०, बुधबार

काठमाडौं ।

विश्वव्यापी रूपमा स्मार्टफोनको बिक्रीमा आएको गिरावटको बावजुद चिनियाँ ब्राण्ड शाओमीले भने फेरि एक पटक आफ्नो घरेलु मैदानमा आफ्नो क्षमता प्रमाणित गरेको छ।

बीसीआईका अनुसार, शाओमी र यसको उप–ब्रान्ड रेडमी, सन् २०२३ को नोभेम्बर महिनामा शीर्ष बिक्रेताहरू बन्न सफल भएको छ। साथै कम्पनीले गत महिनामा मात्र ५.२ मिलियन स्मार्टफोनहरू दर्ता गरेको उल्लेख छ।

त्यसैगरी कम्पनीले वार्षिक आधारमा ४४ प्रतिशत वृद्धि दर्ता गरेको र इलेक्ट्रोनिक्स निर्मातालाई चीनमा थप बजार साझेदारी गर्न सक्षम बनाएको गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

चीनमा सन् २०२३ को नोभेम्बर महिनामा बिक्रीको हिसाबले शाओमी दोस्रो स्थानमा रह्यो। यद्यपि, प्रिमियम बजार खण्डमा भने शाओमीले वार्षिक आधारमा ११.८ प्रतिशत वृद्धि दर्ता गरेको छ। समग्रमा, शाओमीसँग कुल स्मार्टफोन बजार शेयरको १८.३ प्रतिशत रहेका र जसमा यसको सहायक कम्पनीहरूको बिक्री पनि समावेश गरिएको उल्लेख छ।

शीर्ष स्थानमा भने एप्पल रहन सफल भएको छ। साथै अनरले लगभग ४ मिलियन स्मार्टफोन बिक्री गरेर वार्षिक आधारमा १२.६ प्रतिशतको वृद्धि देखेको उल्लेख गरिएको छ।

विशेष गरी वर्षको ४८ औँ हप्तामा अर्थात नोभेम्बर महिनाको अन्तिम केही दिनहरूमा, शाओमीले एप्पलको ७८.९ को तुलनामा ७८ हजार २०० शिपमेन्टको साथ एप्पललाई पछि पारेको उल्लेख छ। पूरै महिना तुलना गर्दा एप्पल र शाओमीको बिक्रीका बीच अझै पनि त्यहाँ एक महत्वपूर्ण अन्तर भएको छ।

त्यसका साथै, ह्वावे र भिभो क्रमशः चौथो र पाँचौं स्थानमा रहेका छन्।

तीव्र प्रतिस्पर्धी चिनियाँ स्मार्टफोन बजारमा निरन्तर सफलताको लागि शाओमीको निरन्तर गतिले कम्पनीलाई अनुकूल स्थान दिने उल्लेख गरिएको छ।

प्रकाशित: २७ मंसिर २०८०, बुधबार

तपाइको प्रतिक्रिया