गुगलको सहयोगमा मालिकले फेला पारे आफ्नो चोरी भएको कार

Technology Khabar १९ कार्तिक २०८०, आईतवार

काठमाडौं ।

बेलायतका २३ वर्षीय इन्जिनियर जे रोबिन्सनले गुगल अर्थ र स्न्यापच्याटको सहयोगमा आफ्नो चोरी भएको कार बरामद गरेका छन् । तर, उनले प्रविधिमार्फत एउटा मात्र कार रिकभर गर्न सकेका छन्।

एक दिन रोबिन्सन बिहान अफिस जान घरबाट निस्कदै गर्दा घरबाहिर पार्क गरिएका उनका दुईओटा कार, एउटा सिट र एउटा फक्सवागन गल्फ बाहिरबाट हराइरहेको पाएका थिए। तत्काल कुनै सहयोग नपाएपछि उनी तुरुन्तै प्रहरीमा पुगेका थिए। उनले लगातार दुई दिन प्रहरीलाई फोन गरे तर कुनै अपडेट पाएनन्।

प्रहरीबाट कुनै सहयोग नपाएपछि इन्जिनियरले सामाजिक सञ्जालको सहारा लिएर आफ्नो भोगाइ अनलाइनमा सेयर गरेका थिए। इन्जिनियरले स्न्यापच्याटमा लेखेर एक दिन बिहान ६ बजे काममा जाँदै गर्दा आफ्नो घरबाहिर पार्क गरिएका दुईओटा कार हराइरहेको जानकारी सेयर गरेका थिए। यसका साथमा उनले दुईवटा तस्बिर पनि पोस्ट गर्दै मानिसहरूलाई मद्दतको लागि अपील गरे।

उनले यो पोस्ट सेयर गर्ने बित्तिकै, रोबिन्सन नामका एक साथीले उनको पोस्ट देखे र उनलाई भने कि उनले एक व्यक्तिको स्न्यापच्याट स्टोरीमा बिक्रीको लागि सीट कार राखिएको देखेका थिए। आफ्नो साथीलाई मद्दत गर्न, जेमीले चोरलाई सम्पर्क गरे तर चोरले २००० पाउन्डको रकम मागे।

गुगल अर्थबाट मद्दत

रोबिन्सनको साथी जेमीले त्यसपछि स्न्यापच्याटमा पोस्ट गरिएका फोटो र भिडियोहरूको रिभर्स इमेज खोजी गर्न टेक्नोलोजी प्रयोग गरे, जसले उनलाई चोरी सिट कार पार्क गरिएको भवन पहिचान गर्न मद्दत गर्यो।

उनीहरूले तस्विरमा रहेको व्हीली बिनमा हाउजिङ एस्टेटको नाममा एउटा महत्त्वपूर्ण सुराग फेला पारे। त्यसपछि उनीहरुले गुगल अर्थको प्रयोग गरेर ठ्याक्कै स्थान पत्ता लगाए र प्रहरीलाई खबर गरे। यसरी रोबिन्सनले चोरी भएको मध्येको एउटा आफ्नो सिट कार फिर्ता लिन सफल भए। यो कार बर्मिङ्घममा रोबिन्सनको घरबाट ६ माइल टाढा वेस्ट ब्रोमविचको सुनसान ठाउँमा पार्क गरिएको थियो।

यद्यपि उनको दोस्रो कार फक्सवागन गल्फ अझै हराइरहेको छ।

प्रकाशित: १९ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया