फक्सवागन र भिभोले स्मार्ट कार कनेक्टिभिटीका लागि सहकार्य गर्ने

  • Technology Khabar | २० कार्तिक २०८०, सोमबार
फक्सवागन र भिभोले स्मार्ट कार कनेक्टिभिटीका लागि सहकार्य गर्ने

काठमाडौं ।

फक्सवागन र भिभोले स्मार्ट कार कनेक्टिभिटीका लागि सहकार्य गर्ने भएका छन्। फक्सवागन समूहको सफ्टवेयर सहायक कम्पनी कारिआडले चिनियाँ स्मार्टफोन निर्माता भिभोसँग नवीन स्मार्ट कार कनेक्टिभिटी समाधानहरू विकास गर्न साझेदारीको घोषणा गरेको हाे।

स्मार्टफोन र स्मार्ट कारहरू बीच द्विदिशात्मक सिंक्रोनाइजेसन, भेहीकल भित्र प्रयोगकर्ता डाटा इन्टिग्रेसन जस्ता क्षेत्रहरूमा अनुसन्धान र विकासमा ध्यान केन्द्रित गर्न दुई कम्पनीहरूले चीनमा मोबाइल एक्स मोबिलिटी फ्युजन जाेइन्ट इनाेभेटीभ ल्याब (एम ल्याब) भनिने संयुक्त प्रयोगशाला तथा इन्टेलिजेन्ट  एप्लिकेसनहरूको सिमलेस कनेक्सन स्थापना गरेका छन्।

सहकार्यको लक्ष्य उपभोक्ताहरूका लागि सिमलेस र स्मुथ डिजिटल माेबिलिटी एक्सपेरियन्स सिर्जना गर्नु हो।

संयुक्त प्रयोगशालाले नयाँ सफ्टवेयर र हार्डवेयर समाधानहरू विकास गर्न काम गर्ने जसले स्मार्टफोन र स्मार्ट कारहरूलाई एकअर्कासँग अझ प्रभावकारी रूपमा सञ्चार गर्न सक्षम पार्ने बताइएकाे छ।

यसले प्रयोगकर्ताहरूलाई टाढाबाट आफ्ना सवारी साधनहरू नियन्त्रण गर्न, आफ्नो स्मार्टफोनबाट सवारी साधन डाटा र सेवाहरू पहुँच गर्न तथा थप व्यक्तिगत र सुविधाजनक ड्राइभिङ अनुभवको आनन्द लिन अनुमति दिने  उल्लेख छ।

यस साझेदारीको उद्देश्य कारिआडलाई स्मार्ट कनेक्टिभिटीको क्षेत्रमा आफ्नो स्वतन्त्र अनुसन्धान तथा विकास क्षमताहरूलाई थप वृद्धि गर्न र चिनियाँ स्थानीय डिजिटल इकोसिस्टममा यसका आविष्कारहरूलाई अझ राम्रोसँग एकीकृत गर्न मद्दत गर्नु रहेकाे छ। भिभोको इन-कार प्रणालीले चीनमा कारिआडलाई ठूलो र बढ्दो प्रयोगकर्ता आधारमा पहुँच प्रदान गर्दै १६० मिलियन स्मार्टफोन प्रयोगकर्ताहरूलाई समेटेको बताइएकाे छ।

“हामी दृढताका साथ विश्वास गर्छौं कि एक्लै जानु छिटो हुन सक्छ, तर सँगै जाँदा अझ अगाडि बढ्न सकिन्छ। भिभाे खुला र सहयोगी पारिस्थितिक मानसिकताका साथ सम्पूर्ण उद्योगको प्रगति र विकासमा योगदान गर्न प्रतिबद्ध छ,” भिभाेका उपाध्यक्ष झोउ वेईले भने।

प्रकाशित: २० कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Japan successfully launches probe in historic Mars moon mission

  • Technology Khabar
  • २० कार्तिक २०८०, सोमबार