इलन मस्कको कम्पनी एक्सलाई अष्ट्रेलियामा ३ लाख ८६ हजार डलर जरिवाना

  • Technology Khabar | १३ कार्तिक २०८०, सोमबार
इलन मस्कको कम्पनी एक्सलाई अष्ट्रेलियामा ३ लाख ८६ हजार डलर जरिवाना

काठमाडौं ।

अष्ट्रेलियामा इलन मस्कको सोसल मिडिया प्लेटफर्म ‘एक्स’ (पहिले ट्विटर) मा भारी जरिवाना लगाइएको छ। समाचार एजेन्सी रोयटर्सको रिपोर्ट अनुसार अष्ट्रेलियाको ई-सेफ्टी कमिश्नरले एक्सलाई ३ लाख ८६ हजार डलर जरिवाना लगाएको छ।

बाल यौन शोषण सम्बन्धी प्रश्नमा सहयोग नगरेको भन्दै यो कारबाही गरिएको हो । कम्पनीलाई सोधिएको थियो कि यसले बाल यौन दुर्व्यवहार, यौन उत्पीडन र बाल यौन दुर्व्यवहारको लाइभ स्ट्रिमिङको फैलावटसँग कसरी व्यवहार गर्छ। कम्पनीले यी प्रश्नहरूको सही जवाफ दिन सकेन।

रिपोर्टका अनुसार, अष्ट्रेलियाको ईसेफ्टी (eSafety) आयुक्त जुली इनमान ग्रान्टले भनिन्, “एक्सले सार्वजनिक रूपमा बाल यौन शोषणको सामना गर्नु आफ्नो पहिलो प्राथमिकता हो भनी बताएको छ। तर कुरा गरेर मात्र हुँदैन, ठोस कदम चाल्नुपर्छ।”

अब एक्ससँग २८ दिन छ। कम्पनीले तोकेको जरिवानाको जवाफ वा तोकिएको समयभित्र जरिवाना तिर्नुपर्नेछ। यस विषयमा सोधिएका केही प्रश्नको जवाफ कम्पनीले दिन नसकेको बताइएको छ। तर, यो विषय एक्समा मात्र सीमित छैन।

अष्ट्रेलियाको ई-सेफ्टी अफिसले गुगल, टिकटक, ट्विच र डिस्कर्ड लगायतका केही कम्पनीहरूलाई बाल शोषण सामग्रीको बारेमा प्रश्न सोधेको कानूनी मेमो पठाएको थियो। अन्य कम्पनीको प्रतिक्रियाको बारेमा अझै कुनै जानकारी छैन। अहिले एक्सलाई मात्र जरिवाना लाग्ने कुरा बाहिर आएको छ।

प्रकाशित: १३ कार्तिक २०८०, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...