Technology Khabar १३ कार्तिक २०८०, सोमबार
काठमाडौं ।
नेपालमा स्मार्टफोनको आयात बढेको देखिएको छ। भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो तीन महिनामा ९ अर्ब ४३ करोड १९ लाख ३ हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। असोज मसान्तसम्म ६ लाख ४२ हजार ४१५ यूनिट स्मार्टफोन आयात भएको हो।
सरकारले स्मार्टफोनको आयातबाट १ अर्ब ७५ करोड ८९ लाख ५३ हजार रुपैयाँ राजश्व प्राप्त गरेको छ।
गत आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्म ८ अर्ब ५३ करोड ३० लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख १८ हजार ५२० यूनिट स्मार्टफोन आयात भएको थियो।
गत आवको सोही अवधिको तुलनामा चालु आवको असोज मसान्तमा ८९ करोड ८८ लाख २९ हजार रुपैयाँ बढीको स्मार्टफोन आयात भएको छ। यस्तै गत आवको तुलनामा २३ हजार ८९५ यूनिटले स्मार्टफोनको आयात बढेको छ।
भन्सार विभागको तथ्यांक अनुसार नेपालमा ४० ओटा मुलुकबाट स्मार्टफोन आयात हुने गरेको देखिन्छ।
सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात हुने गरेको छ। चीनबाट ६ अर्ब २६ करोड ५४ लाख ५१ हजार रुपैयाँ बराबरको ४ लाख ५५ हजार ८९८ यूनिट स्मार्टफोन आयात भएको छ।
भारतबाट ३ अर्ब ५ करोड ८८ लाख ९१ हजार रुपैयाँ बराबरको १ लाख ८५ हजार २०८ यूनिट स्मार्टफोन आयात भएको छ।
भियतनामबाट ४ करोड २७ लाख ३२ हजार रुपैयाँ बराबरको ३७३ यूनिट स्मार्टफोन आयात भएको छ।
यी तीन मुलुकबाट मात्र ९ अर्ब ३६ करोड ७० लाख ७४ हजार रुपैयाँ बराबरको ६ लाख ४१ हजार ४७९ यूनिट स्मार्टफोन आयात भएको छ।
अन्य ३७ मुलुकबाट ६ करोड ४८ लाख २९ हजार रुपैयाँ बराबरको ९३६ यूनिट स्मार्टफोन आयात भएको छ।
प्रकाशित: १३ कार्तिक २०८०, सोमबार