फोनपे मार्फत एकै दिनमा रू. १० अर्ब भन्दा बढि कारोबारको सेटलमेन्ट

  • Technology Khabar | १२ कार्तिक २०८०, आईतवार
फोनपे मार्फत एकै दिनमा रू. १० अर्ब भन्दा बढि कारोबारको सेटलमेन्ट

काठमाडौं ।

भुक्तानी संचालक फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरेको छ।

यो उल्लेखनीय उपलब्धि असोज ३० गते भएको थियो, जुन फोनपे सँगसँगै नेपालको सम्पूर्ण फिनटेक जगतको लागि एक महत्वपूर्ण क्षणको रुपमा उजागर भएको दाबी गरिएको छ।

सन् २०१९ मा आफ्नो सञ्चालन पछि, फोनपे लगातार नविन सेवा, प्रभाव र पूर्वाधारको सन्दर्भमा अगाडि बढिरहेको छ। लगभग सबै बैंकिङ तथा वित्तीय संस्थाहरूलाई आफ्नो नेटवर्कमा आवद्ब गराउनु चुनौतीपूर्ण काम जस्तो देखिएता पनि फोनपेले आफ्नो सञ्चालनको पहिलो वर्षमा नै यो उपलब्धि हासिल गरेको थियो।

नेपालमा पहिलो पटक क्यूआर प्रविधि ल्याउने क्रममा फोनपेले पोइन्ट अफ सेल (POS) पूर्वाधारको तुलनामा लागत र परिचालन दुवै पक्षहरूलाई ध्यानमा राख्दै व्यापारी मैत्री प्रणालीको विकास गरेको छ।

फोनपेका सीईओ दिवास कुमारका अनुसार, “यो उपलब्धि हाम्रो लागि ठुलो गर्वको कुरा हो। नेपालमा डिजिटल भुक्तानीलाई सशक्त बनाउने हाम्रो सामूहिक प्रयास फलदायी रहेको अनुभुति भएको छ। हामीले निरन्तर ग्राहकहरुको आवस्यक्तालाई हाम्रो प्रमुख प्राथमिक्तामा राख्दै आएका छौँ जस्को अनुरुप भुक्तानीका समाधानहरुलाई अझै बिस्तार गर्ने लक्ष्य तर्फ हामी अगाडि बढेका छौँ। ”

आफ्ना सेवाहरूमा निरन्तर सुधार र नयाँ सुविधाहरू थप्ने फलस्वरूप, फोनपे ग्राहकहरूका लागि सबैभन्दा रुचाइएको भुक्तानी संचालकको रूपमा उभिएको कम्पनीले जनाएको छ।

प्रकाशित: १२ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार