भारतीय अपरेटर जियोले शुरु गर्यो स्याटेलाइटमा आधारित इन्टरनेट सेवा ‘जियो स्पेस फाइबर’

  • Technology Khabar | १२ कार्तिक २०८०, आईतवार
भारतीय अपरेटर जियोले शुरु गर्यो स्याटेलाइटमा आधारित इन्टरनेट सेवा ‘जियो स्पेस फाइबर’

काठमाडौं ।

भारतीय अपरेटर रिलायन्स जियोले देशका दुर्गम क्षेत्रहरूलाई जोड्न जियो स्पेस फाइबर नामक नयाँ प्रविधि सेवा ल्याएको छ। यो प्रविधिको सहयोगले गाउँ र दुर्गम क्षेत्रमा पनि नेटवर्कको समस्या नआउने र इन्टरनेटको स्पीड पनि छिटो हुने बताईएको छ।

जियोले यो प्रविधिलाई दिल्लीमा २७ तारिखदेखि २९ अक्टोबरसम्म आयोजना भईरहेको इन्डिया मोबाइल कांग्रेस २०२३ मा प्रस्तुत गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

‘जियो स्पेस फाइबर’ मार्फत स्याटेलाइटमा आधारित गिगा फाइबर टेक्नोलोजी भारतभर सुपथ मुल्यमा उपलब्ध गराइने कम्पनीले बताएको छ।

रिलायन्स जियोका अध्यक्ष आकाश अम्बानीले जियोले भारतमा लाखौं घर र व्यवसायहरूलाई पहिलो पटक ब्रोडब्यान्ड इन्टरनेटको अनुभव गराएको बताए।

यसअघि नै कम्पनीले भारतका चार अति दुर्गम स्थानहरू जियो स्पेस फाइबरद्वारा जोडेको जानकारी दिएको छ। यो रिलायन्स जियोको कनेक्टिभिटी पोर्टफोलियोमा जियो फाइबर र जियो एयर फाइबर पछि तेस्रो प्रमुख प्रविधि हो।

यसका लागि भारतीय अपरेटरले स्याटेलाइट कम्पनी एसईएससँग साझेदारी गरेको छ। यो कम्पनी विश्वव्यापी रूपमा एमईओ (मिडियम अर्थ अर्बिट Medium Earth Orbit) भूउपग्रह प्रविधिको लागि परिचित छ।

तर यसले कति स्पीडको इन्टरनेट दिन्छ भन्ने जानकारी कम्पनीले दिएको छैन्।

प्रकाशित: १२ कार्तिक २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार