एप्पलले अक्टोबर ३० मा ‘स्केरी फास्ट’ कार्यक्रम आयोजना गर्दै, नयाँ उत्पादनहरु घोषणा हुने अनुमान

  • Technology Khabar | ८ कार्तिक २०८०, बुधबार
एप्पलले अक्टोबर ३० मा ‘स्केरी फास्ट’ कार्यक्रम आयोजना गर्दै, नयाँ उत्पादनहरु घोषणा हुने अनुमान

काठमाडौं ।

एप्पलले आउँदो अक्टोबर ३० मा ‘स्केरी फास्ट’ नामक कार्यक्रम आयोजना गर्ने छ जसमा कम्पनीले नयाँ उत्पादनहरू लन्च गर्ने भएको छ। कम्पनीले यस कार्यक्रमका लागि मिडिया निम्तो पठाउन थालेको छ।

कम्पनीले सो दिन बेलुका ५ बजे उक्त कार्यक्रम आयोजना गर्नेछ तर नेपालमा भने अर्को दिन मात्र उक्त कार्यक्रम हेर्न सकिनेछ।

एक्समा धेरै प्रयोगकर्ताहरूले कम्पनीको कार्यक्रमको टिजर पनि साझा गरेका छन्। तपाईंले यो प्रि-रेकर्ड गरिएको कार्यक्रम नेपालमा भोलिपल्ट अक्टोबर ३१ मा बिहान करिब ५:४५ बजेदेखि कम्पनीको आधिकारिक वेबसाइट, युट्युब च्यानल र सामाजिक सञ्जाल मार्फत हेर्न सक्नुहुनेछ।

ब्लूमबर्ग रिपोर्टका अनुसार, एप्पलले यस कार्यक्रममा २४ इन्चको आइम्याकको एक ताजा संस्करण लन्च गर्न सक्छ जुन सम्भवतः एम २/एम३ चिप द्वारा संचालित हुनेछ। त्यस्तै, कम्पनीले यस दिन नयाँ १४ इन्च र १६ इन्च म्याकबुक प्रो पनि घोषणा गर्न सक्छ, जुन सम्भवतः ३ नानोमिटर एम ३ प्रो एम ३ म्याक्स चिप्सद्वारा संचालित हुनेछ।

चिप्स पहिले भन्दा राम्रो प्रदर्शन र शक्ति कुशल हुने
अर्को पुस्ताको एप्पल सिलिकन चिप्समा १६ सीपीयू कोर र ४० जीपीयू कोर समावेश गरिएको छ, जुन दोस्रो जेनेरेशन एप्पल सिलिकन भन्दा राम्रो कार्यसम्पादन र पावर दक्ष छन्। यी नयाँ चिपहरूले आगामी म्याकबुक प्रोलाई सबैभन्दा शक्तिशाली ल्यापटप बनाउनेछ। यद्यपि, परफरमेन्स र शक्ति दक्षता बाहेक, तपाईंले नयाँ म्याकहरूमा धेरै परिवर्तन देख्नुहुने छैन र तिनीहरू पुरानो डिजाइन जस्तै लन्च हुन सक्नेछ।

एप्पलले यो कार्यक्रम क्वालकमको आफ्नो १२ कोर ओरियन सीपीयू एम २ प्रतियोगी, स्न्यापड्रागन एक्स ईलाइट (Snapdragon X Elite) घोषणा गरेपछि आयोजना गरिरहेको छ। क्वालकमको यो चिपले कम पावर खपत गर्दा एप्पल एम २ म्याक्स भन्दा राम्रो प्रदर्शन गर्ने दाबी गर्दछ। यस्तो अवस्थामा एप्पलको नयाँ चिप आएपछि यी दुईबीच कडा प्रतिस्पर्धा हुने अनुमान छ।

प्रकाशित: ८ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार