दशैंमा इलेक्ट्रिक गाडी किन्दै हुनुहुन्छ? यी कम्पनीले ल्याएका छन् दशैं अफर

  • Technology Khabar | ८ कार्तिक २०८०, बुधबार
दशैंमा इलेक्ट्रिक गाडी किन्दै हुनुहुन्छ? यी कम्पनीले ल्याएका छन् दशैं अफर

काठमाडौं ।

हिन्दुधर्मावलम्बीहरुको महान चाड दशैं तिहार सुरु भएसँगै व्यापार व्यावसाय बढ्ने गर्छ। चाड पर्वको समयमा उपभोक्ताले पनि अन्य समयको तुलनामा अधिक खरिद गर्ने छन्।

चाडको समयमा महँगा तथा विलासी वस्तुको खरिद पनि बढ्ने गर्छ।

नेपालमा पछिल्लो समय इलेक्ट्रिक सवारीको लोकप्रियता बढ्दो छ। नेपाली उपभोक्ता पनि अन्य समयको तुलनामा दशैंमा अतिरिक्त छुट र केही विशेष लाभ प्राप्त गर्न सकिने भएकाले सवारी किन्न दशैं कुर्ने गर्छन्। उपभोक्ताको यस्तै मनोविज्ञानलाई ध्यानमा राखेर अटोमोबाइल व्यावसायीले आफ्नो उत्पादन तर्फ आकर्षित गर्न विभिन्न अफर ल्याउने गरेका छन्।

यस्ता छन्, इलेक्ट्रिक चार पांग्रेमा अफर

एमजी

मोरिस ग्यारेज (एमजी) गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले चाडपर्व लक्षित फेस्टिबल भाइब्स स्कीम ल्याएको छ।

इलेक्ट्रिक गाडीको मात्र बिक्री गर्दै आएको कम्पनीले नयाँ गाडी खरिदमा स्पेयर टायर, ७ किलोवाटको एसी  चार्जर र एक वर्षको बीमा निशुल्क दिने घोषणा गरेको छ।

एमजीका इलेक्ट्रिक गाडी किन्ने ग्राहकले २ लाख रुपैयाँसम्म फाइदा उठाउन सक्छन्।

होजोन

होजोन मोटर्सको आधिकारी बिक्रेता सिजी मोटर्सले दशैं स्कीम ल्याएको छ। कम्पनीले ल्याएको स्कीममा नेटाभी खरिद गर्न चाहने ग्राहकहरूले नेटाको डिक्की फुल अफर ल्याएको छ।

कम्पनीले बिक्री गर्ने इलेक्ट्रीक क्रसओभर नेटाभीमा एक लाख रुपैयाँ नगद छुटसँगै विभिन्न इलेक्ट्रीक सामानहरु गाडीको डिक्की भरेर ग्राहकले पाउने छन्।

कम्पनीले प्रत्येक नेटाभी कारको खरिदमा ४३ इन्चको सिजी फोके स्मार्ट टीभी, कार भ्याकुम क्लिनर, १४०० वाटको प्रेसर वासर, सिजीको भ्याकुम कप र ५०० एमएल अट्ने सीजीको भ्याकुम फ्लस्क बोटल उपहारमा राखेको छ। यो अफर लिन नचाहने ग्राहकहरूले भने १ लाख नगद छुट लिन सक्ने सिजी मोटर्सले जनाएको छ।

यसका साथै नेटाभी किन्ने ग्राहकले रेगुलर ६.६ किलोवाटको एसी फास्ट चार्जर, फ्रि स्मार्ट व्याण्ड, एक वर्षको फुल इन्स्योरेन्स, एक्चेन्ज सुविधा र एक वर्षको वार्षिक करसमेत कम्पनीले नै तिर्ने जनाएको छ।

टाटा

नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले ‘बडा दशैँ बडा अफर’ योजना ल्याएको छ। कम्पनीले दशैं, तिहार र छठ पर्वको अवसरमा उक्त अफर ल्याएको हो ।

टाटाका ईभी गाडीहरूमा पनि आकर्षक अफरहरु रहेको सिप्रदीले जनाएको छ। यस्तै, दशैंको अवसरमा ग्राहकले टाटा मोटर्सको शोरुमहरूमा गएर नयाँ तथा अत्याधुनिक डिजाइनका एच फाईभ, सफारी, नेक्सन, टियागो, टिगोर, पन्च, नेक्सन ईभी, टिगोर ईभी र टियागो ईभी लगायतका आइस र ईभी रेञ्जका गाडीहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने छन्।

टाटाले इलेक्ट्रिकका साथै परम्परागत पेट्रोल तथा डिजलबाट चल्ने गाडी बिक्री गर्दै आइरहेको छ। पछिल्लो समय टाटाका इभीहरु बजारमा निकै लोकप्रिय छन्।

उलिङ

उलिङ कारको नेपाली आधिकारिक बिक्रेता ईभी नेपाल मोटर्सले फेस्टिबल अफर अन्तर्गत दशैं तिहारलाई लक्षित गरी ‘उलिङको कार उपहारको बहार’ स्किम ल्याएकोछ। जसमा ग्राहकले एलजी ब्रान्डको फ्रिजदेखि बम्परमा एकजना भाग्यशालीले लेभनिङ ब्रान्डको इलेक्ट्रिक स्कुटर पाउने छ।

दशैं तिहारमा उलिङको एयर ईभी खरिद गर्दा ग्राहकले २६० लिटर क्षमताको डबल लोड एलजी फ्रिज र निशुल्क रोड ट्याक्स तथा इन्स्यूरेन्समध्ये एकलाई छनोट गर्न सक्नेछन्। साथै, ४ वर्षसम्मको निशुल्क सर्भिसिङ र एसेसोरिजमा चार्जिङ बक्स, चार्जिङ गन, कार म्याट र एयर कम्प्रेसर लगायत निशुल्क प्रदान गरिने कम्पनीले जनाएको छ।

प्रकाशित: ८ कार्तिक २०८०, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार