क्यान महासंघले आयोजना गर्न लागेको ‘नेपाल ब्लकचेन कन्क्लेभ २०२३’ स्थगित

  • Technology Khabar | ३० भाद्र २०८०, शनिबार
क्यान महासंघले आयोजना गर्न लागेको ‘नेपाल ब्लकचेन कन्क्लेभ २०२३’ स्थगित

काठमाडौं ।

क्यान महासंघले यहि भदौ ३१ मा आयोजना गर्ने भनिएको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करण अचानक स्थगित गरेको छ।

नेपालमा ब्लकचेन प्रविधिबारे सचेतना, प्रोत्साहन तथा प्रवर्द्धन गर्न सरोकारवालाहरूबीच वृहत् अन्तर्क्रिया एवं सहकार्य गर्ने उद्धेश्यले आयोजना हुन लागेको नेपाल ब्लकचेन कन्क्लेभको पहिलो संस्करण यो पटक भदौ ३१ गते हुने गरी तयारी गरिएकोमा अप्रत्याशित परिस्थितिका कारण स्थगित गरिएको क्यान महासंघले जनाएको छ।

महासचिव चिरन्जीबी अधिकारीद्वारा जारी क्यानको प्रेस विज्ञप्तिमा सो स्थगित हुनुको कारण स्पष्ट खुलाईएको छैन्। र त्यसमा क्यान महासंघका पदाधिकारीको निर्णयअनुसार अर्को निर्णय नभए सम्मको लागि हाललाई स्थगित गरिएको उल्लेख छ।

नेपाल ब्लकचेन कन्क्लेभ २०२३ को तयारीको क्रममा सहयोग पुर्याउने सबैमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै नेपाल ब्लकचेन कन्क्लेभ २०२३ स्थगितका कारण पर्न गएको असुविधा प्रति सम्बन्धित सबैसँग क्यान महासंघले क्षमासमेत मागेको छ।

प्रकाशित: ३० भाद्र २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

सार्वजनिक यातायातमा प्रविधिको निगरानी

  • Technology Khabar
  • ३० भाद्र २०८०, शनिबार
Desktop Popup ImageMobile Popup Image×