चिनियाँ इभीहरुमा सब्सिडी विरोधी अनुसन्धान सुरु गर्ने ईयूको निर्णयप्रति चीन कडा असन्तुष्ट

  • Technology Khabar | २९ भाद्र २०८०, शुक्रबार
चिनियाँ इभीहरुमा सब्सिडी विरोधी अनुसन्धान सुरु गर्ने ईयूको निर्णयप्रति चीन कडा असन्तुष्ट

काठमाडौं ।

चीनको वाणिज्य मन्त्रालय (एमओसी) का प्रवक्ताले बिहीबार चिनियाँ विद्युतीय सवारीमा सब्सिडी विरोधी अनुसन्धान सुरु गर्ने युरोपेली संघ (ईयू) नेतृत्वको घोषणाप्रति चीन “अत्यधिक चिन्तित” र “कडा असन्तुष्ट” रहेको बताएका छन्।

“चीनको विश्वास छ कि ईयूद्वारा प्रस्तावित अनुसन्धान शुद्ध “संरक्षणवाद” को अभ्यास हो,” प्रवक्ताले भने, “संक्षेपमा, “उचित प्रतिस्पर्धा” को नाममा ईयूको आफ्नै उद्योगको रक्षा गर्नको लागी छानबिन हो।”

प्रवक्ताले यो छानबिनले युरोपेली संघ लगायत विश्वव्यापी अटोमोटिभ औद्योगिक र आपूर्ति शृङ्खलाहरूलाई गम्भीर रूपमा अवरुद्ध र विकृत गर्नेछ, र यसले चीन-ईयू आर्थिक र व्यापार सम्बन्धमा नकारात्मक प्रभाव पार्ने बताए। शिन्ह्वा

प्रकाशित: २९ भाद्र २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Desktop Popup ImageMobile Popup Image×