सामसङ ग्यालेक्सी इन्हान्स–एक्स ईमेज इडिटिङ्ग एपमा नयाँ फिचर, थप डिभाइसहरुमा आउँदै

Technology Khabar ५ श्रावण २०८०, शुक्रबार

काठमाडौं ।

गत जुलाईमा जारी गरिएको सामसङ ग्यालेक्सी इन्हान्स–एक्स एआई–बेस्ड ईमेज इडिटिङ्ग (तस्विर सम्पादन) एप सुरुमा ग्यालेक्सी एस२२ सिरिजका लागि मात्र उपलब्ध थियो भने, पछि गएर ग्यालेक्सी नोट, ग्यालेक्सी एस र ग्यालेक्सी जेड लाइनअपको लागि पनि जारी गरिएको थियो।

सामसङले ग्यालेक्सी इन्हान्स–एक्स अब थप स्मार्टफोनहरूको लागि उपलब्ध भएको घोषणा गरेको छ। यसले ग्यालेक्सी ए, एम र ट्याब सिरिज डिभाइसहरूमा पनि एप ल्याउनको लागि काम गरिरहेको छ। यद्यपि यो एन्ड्रोइड १३–बेस्ड वान यूआई ५.१ वा त्यसपछिका भर्सन चल्ने यन्त्रहरूसँग मात्र उपयुक्त हुने जीएसएमएरिनामा उल्लेख गरिएको छ।

सामसङद्वारा जारी गरिएको ग्यालेक्सी एन्हान्स–एक्स को पूर्ण संस्करणले बीटा संस्करणमा रिपोर्ट गरिएका समस्याहरूको समाधान गर्नुका साथै पुराना, लो–रिजोल्युशन फोटोहरु रिस्टोर गर्ने क्षमता र नजिकको दायराबाट खिचिएका वाइड–एंगल फोटोहरूको लागि लेन्स डिस्टोर्सन करेक्सनसहित आएको बताइएको छ।

सामसङले ग्यालेक्सी एन्हान्स–एक्सको पछिल्ला संस्करणहरूले टेक्स्ट क्लियर बनाउन र अनावश्यक भागहरू हटाउनको लागि डकुमेन्ट स्क्यानिङ्ग फिचर्स प्राप्त गर्ने बताएको छ। त्यसैगरी यसले भिडियोसँग सम्बन्धित केही फिचर्स पनि प्राप्त गर्ने उल्लेख छ।

निम्न डिभाइसहरूमा ग्यालेक्सी स्टोरबाट सामसङ ग्यालेक्सी एन्हान्स–एक्स एप निःशुल्क डाउनलोड गर्न सकिने जनाएको छः

  • ग्यालेक्सी नोट २०
  • ग्यालेक्सी नोट २० अल्ट्रा
  • ग्यालेक्सी एस२०
  • ग्यालेक्सी एस२०+
  • ग्यालेक्सी एस२० अल्ट्रा
  • ग्यालेक्सी एस२० एफई
  • ग्यालेक्सी एस२१
  • ग्यालेक्सी एस२१+
  • ग्यालेक्सी एस२१ अल्ट्रा
  • ग्यालेक्सी एस२१ एफई
  • ग्यालेक्सी एस२२
  • ग्यालेक्सी एस२२+
  • ग्यालेक्सी एस२२ अल्ट्रा
  • ग्यालेक्सी एस२३
  • ग्यालेक्सी एस२३+
  • ग्यालेक्सी एस२३ अल्ट्रा
  • ग्यालेक्सी जेड फ्लिप
  • ग्यालेक्सी जेड फ्लिप ५जी
  • ग्यालेक्सी जेड फ्लिप ३
  • ग्यालेक्सी जेड फ्लिप ४
  • ग्यालेक्सी जेड फोल्ड २
  • ग्यालेक्सी जेड फोल्ड ३
  • ग्यालेक्सी जेड फोल्ड ४

प्रकाशित: ५ श्रावण २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया