सिसिटिभीले गोपनियता हनन गरेको भन्दै ब्यूटिपार्लर संचालिकालाई थुनाउन अध्यागमनकी कर्मचारीको दबाब !

  • Technology Khabar | ४ श्रावण २०८०, बिहीबार
सिसिटिभीले गोपनियता हनन गरेको भन्दै ब्यूटिपार्लर संचालिकालाई थुनाउन अध्यागमनकी कर्मचारीको दबाब !
सांकेतिक तस्बिर

काठमाडौं ।

सिसिटिभीले व्यक्तिगत गोपनियता हनन गरेको भन्दै अध्यागमन विभागकी कर्मचारीले व्यवसायीलाई पक्राउ गर्न दबाब दिएको भन्दै नेपाल व्यूटिसियन संघले आपत्ति व्यक्त गरेको छ।

जारी प्रेस विज्ञप्तीअनुसार संघकी आजिवन सदस्य सुष्मा महराले संचालन गर्दै आएको के.एल.टावर स्थित फेसीयल हाउस प्रालिमा सेवा लिन पुगेकी गृह मन्त्रालय, अध्यागमन विभागमा कार्यरत रहेकी कर्मचारी बन्दना कर्णले फेसीयल हाउसमा खुला रुपमा राखिएको सिसिटिभिको हवाला दिई उक्त सिसिटिभिले निजको ब्यक्तिगत गोपनियता माथि आँच आएको भनी महानगरिय प्रहरी वृत, गौशलामा उजुरी दिएकी थिईन्।

उक्त उजुरीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरी उजुरी ब्यहोरा अनुसारको अपराधिक कार्य नभएको देखिएकोले असार २८ गते अध्यागमन विभागकी कर्मचारी कर्णकै सहमतिमा प्रहरी कार्यालयमा दुई पक्ष बिच आपसि लिखित सहमति भैसकेको उल्लेख छ।

तर पछि सोही बिषयलाई लिएर पुनः ब्युटीसियन पेशा माथि आँच आउनेगरी झुठारुपमा आरोपहरु लगाई ब्यूटीपार्लरमा कानून सम्मत कार्य नभएको भन्ने झुठा प्रचारप्रसार गरेको दाबी संघको छ।

आफु गृह मन्त्रालय मातहतको कर्मचारी भएको नाताले पदिय दुरुपयोग गरि गृह मन्त्रालय, गृह सचिव तथा महानगरिय प्रहरी परिसर, टेकुलाईसमेत आफ्नो प्रभावमा पारेर सहमति गरेको बिषयमा संचालिक महरालाई पुनः झुठा मुद्दा लगाई प्रहरी मार्फत तत्कालै पक्राउ गरी थुनामा राख्नका लागि जोडबल गरीआएको भन्दै व्यूटिसियन संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रेस विज्ञप्तीअनुसार नियमानुसारको प्रकृया पुरा गरि कानून बमोजिम ब्यूटीसियन ब्यवसाय संचालन गरि आएकी सृष्मा महरालाई सुनियोजित रुपमा दुख हैरानी दिएको र निजको पेशा ब्यवसाय संचालन नै बन्द गराउनका लागि राज्य शक्तिको चरम दुरुपयोग गरेको भन्दै कर्मचारी बन्दना कर्णलाई कारबाही गर्न माग गरेको छ।

प्रकाशित: ४ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार