
काठमाडौं ।
नेपाली टेक स्टार्टअप मोनाल टेक युरोपको नेक्स्ट २० स्टार्टअप कार्यक्रमको उत्कृष्ट स्टार्टअपमा छनोट भएको छ। नेक्स्ट २० स्टार्टअप कार्यक्रममा विश्वभरका स्टार्टअपहरु मध्येबाट शीर्ष २० मा नेपालको मोनाल टेक पनि परेको हो।
मोनाल टेककी संस्थापक मोना न्याचोङ गोपाजुकाअनुसार नेपालको साइबर सेक्यूरिटी कम्पनीले विश्वभर साइबर सुरक्षामा काम गर्ने उद्देश्य राखेको छ।
उत्कृष्ट २० मा परेका स्टार्टअपले आगामी सेप्टेम्बर १९ देखि २१ सम्म डेनमार्कमा हुने प्रदर्शनी तथा पिचिङ सेसनमा सहभागी हुनेछन् भने त्यसपछि सर्वोत्कृष्टलाई अवार्डसमेत प्रदान गरिने छ।
नेक्स्ट २० स्टार्टअप कार्यक्रमले लगानी, नेटवर्क, मार्केटिङ र एक्सपोजरमा सहयोग गर्ने बताईएको छ।
प्रकाशित: ४ श्रावण २०८०, बिहीबार