महावीर पुनको छात्रवृत्तिको अनुरोधमा, अन्तरिक्षयात्री निल आर्मस्ट्रङले दिएका थिए यस्तो जवाफ

  • Technology Khabar | ४ श्रावण २०८०, बिहीबार
महावीर पुनको छात्रवृत्तिको अनुरोधमा, अन्तरिक्षयात्री निल आर्मस्ट्रङले दिएका थिए यस्तो जवाफ

काठमाडौं ।

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा. महावीर पुनले चन्द्रमामा पहिलो पाइला राख्ने अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङलाई छात्रवृतिको अनुरोध गर्दै पत्र लेखेको बताएका छन्।

५४ वर्ष अगाडि आजकै दिन पहिलो पटक चन्द्रमामा मानव पाइला परेको अवसर पारेर पुनले निल आर्मस्ट्रङलाई पत्र लेखेको र सो पत्रको जवाफ पाएको अनुभव बाँडेका हुन्।

३६ वर्ष अगाडि अन्धाधुन्दा अमेरिकामा पढ्न जाने प्रयास गर्दै गर्दा चन्द्रमामा पाइला टेक्ने पहिलो मानव निल आर्मस्ट्रङलाई पनि छात्रवृतिको लागि अनुरोध गर्दै पत्र लेखेको महावीर पुनले बताएका छन्।

“आज भन्दा ३६ वर्ष अगाडि मैले अन्धाधुन्दा अमेरिकामा पढ्न जान प्रयास गर्दै थिएँ,’ उनले ट्विटरमा लेखेका छन, “त्यसो गर्दै गर्दा चन्द्रमामा पाइला टेक्ने पहिलो मानब निल आर्मस्ट्रङलाई पनि छात्रवृतिको लागि अनुरोध गर्दै पत्र लेखेको थिएँ ।”

महावीर पुनले पठाएको पत्र पढेर निलले आफ्ना सहयोगीमार्फत त्यसको जवाफसमेत फर्काएका थिए।

‘आर्मस्ट्रङले मलाई पत्र र ग्रामीण नेपालको शिक्षा सुधार गर्ने योजनालाई धन्यवाद भन्नु भएको छ,’ निलका सहयोगी भिभियन ह्वाइटको नामबाट फर्काएको जवाफमा लेखिएको छ, ‘शिक्षाको सबैभन्दा महत्त्वपूर्ण पाटो भनेको उच्च प्रेरित शिक्षक हो भन्नेमा आर्मस्ट्रङ विश्वास गर्नहुन्छ।’

तर  उनले आफ्नो तर्फबाट आर्थिक सहयोग गर्न सक्ने स्थानमा नरहेको भन्दै निरन्तर सफलताका लागि शुभकामना र हौसला दिइएको पत्रमा उल्लेख छ।

डा पुनले पत्रमा उल्लेख भएका अर्का व्यक्ति धनन्जय पाठक पनि उति बेला चितवनमा संगै पढाउने साथी भएको जानकारी दिएका छन्।

प्रकाशित: ४ श्रावण २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार