
काठमाडौं ।
आईफोन १५ सार्वजनिक हुनु अघि यसको उत्तराधिकारी आईफोन १६ को सम्बन्धि रिपोर्ट बाहिरिएको छ। लीकस्टर डिजिटल च्याट स्टेशनका अनुसार डिभाइस यूनिक फिचरसहित आउनेछ।
उनका अनुसार आईफोन १६ प्रो म्याक्स ‘सुपर टेलिफोटो’ पेरिस्कोप जुम क्यामरा सहित आउनेछ।
रिपोर्ट अनुसार आईफोन १६ प्रो म्याक्समा ३०० मिमी भन्दा लामो फोकल लेन्थको क्यामरा हुनेछ। यसलाई ईन्जिनियरिङको ठूलो उपलब्धी मान्न सकिन्छ। हालको आईफोन १४ प्रो म्याक्सको नन् पेरिस्कोप जूम स्न्यापरले ७७ मिमीमा काम गर्छ।
यस सेक्टेम्बरमा सार्वजनिक हुने आईफोन १५ म्याक्समा पेरिस्कोप हुने अफवाह रहेको छ। अर्को वर्षको आईफोन १६ प्रोमा पेरिस्कोपका साथै सुपर टेलीफोटो पनि हुनेछ। त्यसैले सम्भवत आईफोन १६ प्रोले आईफोन १५ प्रो म्याक्सको पेरिस्कोप पाउनेछ। यस्तोमा आईफोन १६ प्रो म्याक्समा अझ एडभान्स सिस्टम हुनेछ।
सुपर टेलिफोटो क्यामराहरू प्रायः खेलकुद र वन्यजन्तु फोटोग्राफीमा प्रयोग गरिन्छ, र तिनीहरू पोट्र्रेटका लागि पनि उपयोगि मानिन्छ। सुपर टेलिफोटो क्यामराबाट टाढाको वस्तु पनि फोटोमा सजिलै क्याच गर्न सकिन्छ।
थप रुपमा समान स्रोतले आईफोन १६ प्रो म्याक्सको मुख्य क्यामरामा १२ प्रतिशत ठूलो सेन्सर हुने बताएको छ। आईफोन १६ प्रो म्याक्स (१/१.१४ इन्च) सेन्सर सहित आउने छ भने आईफोन १४ प्रो म्याक्समा (१/१.२८ इन्च) सेन्सर रहेको छ। साथै प्रो म्याक्स आफ्नो पूर्ववर्ती हार्डवेयरमै आउने अपेक्षा गरिएको छ।
प्रकाशित: ४ श्रावण २०८०, बिहीबार