Technology Khabar २५ असार २०८०, सोमबार
काठमाडौं ।
नेपाल पे क्यु आर र स्मार्ट क्यु आरले नेटवर्क स्तरमा अन्तरआबद्ध भई सेवा सुरु गरेका छन्।
आइतबार आयोजित औपचारिक कार्यक्रममा विभिन्न बैंक तथा वालेटका प्रतिनिधिहरुले स्मार्ट क्यु आर र नेपाल पे क्यु आर दुवै नेटवर्कमा भुक्तानी गरेर सेवाको शुभारम्भ गरेका हुन्।
सो कार्यक्रममा स्मार्ट च्वाइस टेक्नोलोजीज लिमिटेड (एससीटी) का प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुजु र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधान लगाएत विभिन्न बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा सञ्चारमाध्यमका प्रतिनिधिहरुको उपस्थिति थियो।
क्यु आर भुक्तानीलाई थप प्रबर्द्धन गर्न नेटवर्क स्तरको अन्तरआबद्धता सहित सञ्चालनका लागि सहकार्य भएसंगै नेपाल पे क्यु आर मार्फत आबद्द भएका विभिन्न मोबाइल बेकिंग, वालेट र कनेक्ट आईपीएसका प्रयोगकर्ताहरूले स्मार्ट क्युआर नेटवर्कमा आबद्द सम्पूर्ण दुइ लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्नेछन्।
यसैगरी, स्मार्ट क्यु आर नेटवर्कको मोबाइल बैंकिङ र वालेटहरूले नेपाल पे क्यु आर नेटवर्कमा आबद्द तिन लाख पचास हजार भन्दा बढी मर्चेन्टहरुमा सजिलै भुक्तानी गर्न सक्ने जनाएईको छ।
प्रकाशित: २५ असार २०८०, सोमबार