
काठमाडौं ।
राइड शेयरिङ एवम् फुड डेलिभरी कम्पनी पठाओ नेपालले आयोजना गरेको ‘पठाओ फुड फेस्ट २०२३’ सम्पन्न भएको छ।
फुड फेस्टको २१ दिनको अवधिमा डेढ लाख भन्दा बढी अर्डर डेलिभरी गरेको पठाओ नेपालका प्रवक्ता शशांक शमशेर थापाले बताए।
‘अब भान्सामा ताला लगाउँदा हुन्छ’ भन्ने नारासहित कम्पनीले गत जेठ २७ देखि असार १५ सम्म फुड फेस्ट आयोजना गरेको फुड फेस्टमा फ्राइज किन्दा बर्गर फ्री, चिउरा किन्दा छोइला फ्री लगायतका १ रुपैयाँका धेरै अफरहरू, हरेक दिन फ्ल्यास सेल्स तथा रेस्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुट जस्ता नौलो अफरहरू दिइएको थियो।
पठाओमा सो अवधिमा फुड अर्डर गर्नेमध्येबाट साप्ताहिक लक्की ड्रमा सिवन ग्रेस महर्जन, आदेश खड्का र पूनम कोइरालाले वानप्लसको नोट एन २० एसई मोबाइल जितेका छन्। यस्तै सञ्जु जोशी, निश्चल त्रिताल र रोहेर प्रधानले गितार शपबाट गितार जितेका छन्।
कम्पनीका अनुसार, बम्पर प्राइजमा लक्की ड्रको बिजेता सर्मिला सुनुवारले आईफोन १४ प्रो जितेकी छन् भने भाग्यशाली १०० जनाले एक वर्षका लागि पठाओ फुडबाट निस्शुल्क डेलिभरी पनि जितेका छन्।
फुड फेस्टमा मेहनत गर्ने १० जना पठाओ हिरोहरूले पनि भिभोको वाई१५ सी मोबाइल उपहार पाएको कम्पनीले जनाएको छ।
थापाले भने, ‘अनलाइन फुडका लागि नयाँ ग्राहकहरूलाई आकर्षित गर्ने लक्ष्यमा एक हिसाबले सफल भयौं।’
पठाओले फुड फेस्ट सकिएलगत्तै जुलाइ महिना भरका लागि एक सयभन्दा बढी रेस्टुराँमा छुटका साथ ‘झम-झम अफर’ भन्दै मनसुन क्याम्पेन शुरू गरेको जनाएको छ।
प्रकाशित: २५ असार २०८०, सोमबार