
काठमाडौं ।
चिनियाँ चिप निर्माता सेमीकन्डक्टर म्यानुफ्याक्चरिङ इन्टरनेशनल कर्पोरेशन (एसएमआईसी) ले बिहीबार १.४६ बिलियन डलरको राजस्व अनुमान गरेको छ। सो आम्दानी एक वर्ष अघिको सोही अवधिको तुलनामा २०.६ प्रतिशतले कम हो।
शुद्ध आम्दानी २३१.१ मिलियन डलर पुग्यो तर यो जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४८.३ प्रतिशत कम हो।
पछिल्लो समय बजारमा समस्या देखिँदा सेमीकन्डक्टरको मागमा समेत कमी आएको छ जसले उत्पादक कम्पनीहरुको आम्दानी र नाफा घटाएकोछ।
प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार