क्याननको कम्प्याक्ट पावरशट भी१० क्यामरा सार्वजनिक

  • Technology Khabar | २९ बैशाख २०८०, शुक्रबार
क्याननको कम्प्याक्ट पावरशट भी१० क्यामरा सार्वजनिक

काठमाडौं ।

क्याननले विश्वव्यापी बजारहरूमा भ्लगरहरू र कन्टेन्ट क्रिएटर (सामग्री सिर्जनाकर्ता) हरूका लागि भनेर पावरशट भी१० क्यामरा घोषणा गरेको छ। स्मार्टफोन पर्याप्त सक्षम नभएको र डिजिटल क्यामरा धेरै भारी वा महँगो भएको खण्डहरूमा पावरशट भी१० क्यामराले प्रयोगकर्ताहरूको आवश्यकताहरू पूरा गर्ने बताइएको छ।

क्यानन पावरशट भी१० एक कम्प्याक्ट र हल्का तौल भएको क्यामरा भएकाले यो क्यामरा प्रयोगकर्ताको खल्तीमा फिट हुने दाबी गरिएको छ। यसमा रिट्र्याक्टेबल र टिल्ट स्ट्यान्ड रहेको हुनाले क्यामरा बडीमा जोड्न सकिने र त्यसै कारणले गर्दा ट्राइपड बोक्न र धेरै पोजिसनबाट स्थिर रूपमा शूट गर्नु नपर्ने बताइएको छ। साथै यसको भर्टिकल ग्रिपले बायाँ र दायाँ–हात प्रयोगकर्ताहरू दुवैलाई फिट हुने र होल्ड गर्दा यसलाई थप स्थिर बनाउने दाबी छ।

पावरशट भी१० मा एउटा सानो २–इन्च स्क्रिन पनि समावेश गरिएको र यसले क्यामराको एङ्गल (कोण) टिल्ट गरेर समायोजन सकिने छ। त्यसैगरी रेकर्डिङ र कुनै पनि समायोजन गर्नको लागि क्यामराको अगाडि र पछाडि बटनहरू रहेका छन्।

क्यानन पावरशट भी१०मा १–इन्चको २०.९एमपी सीमोस सेन्सर रहेको र यसले प्रभावकारी रूपमा भिडियोको लागि १३.१ मेगापिक्सेल र स्टिलहरूको लागि १५.२ मेगापिक्सेल प्रयोग गर्ने विवरणमा उल्लेखछ। त्यसैगरी भिडियो खिच्नको लागि १९ एमएम एफ/२.८ वाइड एङ्गल लेन्स पनि रहेको छ।

क्यामरामा कम प्रकाश भएको अवस्थाहरूमा उच्च गुणस्तरको भिडियोहरू रेकर्ड गर्नका लागि भनेर क्याननको डीआईजीआईसी एक्स ईमेज प्रोसेसर र ईओएस इमेजिङ्ग प्रविधि समावेश गरिएको छ। क्यामराको ४–के फिल्मिङ्गको अधिकतम आईएसओ रेन्ज (दायरा) ३२०० र १०८०पी चलचित्र ६४०० रहेको उल्लेख गरिएको छ।

साथै क्यामरा स्टिलहरूका लागि १२८०० मा क्याप गरिएको बताइएको छ। स्टिल्स र चलचित्रको लागि अधिकतम शटर स्पिड (गति) क्रमशः १/२००० र १/४००० रहेको बताइएको छ।

क्यानन पावरशट भी१० नोइज (ध्वनि) हटाउन र स्पष्ट ध्वनि क्याप्चर गर्नको लागि बिल्ट–इन माइक्रोफोनसँग सुसज्जित रहेको छ। क्यामरा सफ्टवेयरमा आधारित स्किन स्मूथिङ, नयूट्रल डेन्सिटि फिल्टर र फेस डिटेक्सन अटोफोकस जस्ता विभिन्न फिचरहरूको साथ आउँछ। साथै क्यामरा एमपि४ फाइलहरूसाथ ८–बिट रेकर्डिङमा सीमित रहेको उल्लेख गरिएको छ। यद्यपी क्यामरामा आई डिटेक्सन, लग रेकर्डिङ्ग र आरएडब्ल्यू फर्म्याटको अभाव रहेको बताइएको छ।

क्यानन पावरशट भी१०मा बिल्ट–इन १,२५० एमएएच ब्याट्री युनिट समावेश गरिएको छ। उक्त ब्याट्रीलाई यूएसबी–सी पोर्ट मार्फत रिचार्ज गर्न सकिनेछ। यस क्यामराले अधिकतम १ घण्टा सम्म ४–के भिडियो रेकर्डिङ्ग गर्ने दाबी गरिएको छ। साथै क्यामरालाई क्यामरा कनेक्ट एप र स्मार्टफोनको मोबाइल नेटवर्क प्रयोग गरेर फेसबुक वा युट्युबमा लाइभ भिडियो स्ट्रिम गर्न प्रयोग गर्न सकिने छ। साथै प्रयोगकर्ताहरूले क्यामरालाई यूएसबी–सी केबल मार्फत कम्प्युटरमा जडान गर्न र वेबक्यामको रूपमा प्रयोग गर्न पनि सक्ने उल्लेख छ।

प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार