
काठमाडौं ।
भ्यानमुफले मिड–रेन्ज ई–बाइक अन्तर्गत एस४ र एक्स४ नामक दुई नयाँ ई–बाइकहरू ल्याएको छ। कम्पनीले पर्याप्तरुपमा कम मूल्यमा आफ्नो प्रिमियम फिचर्स र बिल्ट क्वालिटी प्रदान गर्न प्रयास गरेको उल्लेख गरिएको छ।
नयाँ मिड रेन्ज ई बाइक्सको मूल्य २,४९८ डलर रहेको र यो मूल्य कम्पनीको टप अफ द रेन्ज एस५ र एक्स५ बाइकहरू भन्दा १,००० डलर कम भएको उल्लेख गरिएको छ। यद्यपी उक्त नयाँ ई–बाइक्सको मूल्य त्यति धेरै सस्तो नभएको इनग्याजेटले रिपोर्ट गरेको छ।
भ्यानमुफका सह–संस्थापक टाइज कार्लियरले एक प्रेस विज्ञप्तिमा यो प्रयास “मोर सिम्पल, मोर एक्सेसिबल एण्ड मोर रिलायबल” (बढी सरल, थप पहुँचयोग्य र थप भरपर्दो) ई–बाइकको लागि भएको बताएका छन्। यस नयाँ मिड–रेन्ज ई–बाइक्समा अड्याप्टिभ (अनुकूल) मोटर सपोर्ट र दुई–स्पीड गियर हबलाई एउटा प्रमुख सरलीकरणको रुपमा समावेश गरिएको छ।
एसएक्स५ सिरिजमा भने तीन–स्पीड गियर प्रणाली रहेको र त्यसलाई मद्दत गर्नको लागि टर्क सेन्सर पनि रहेको थियो भने हालको नयाँ सस्तो ई–बाइकहरूको लागि अनुकूल मोटर समर्थन नयाँ भएको उल्लेख गरिएको छ। यद्यपी गियर प्रणाली फरक हुन सक्ने भएतापनि कम्पनीले यसको रेन्ज (दायरा) सवारी अवस्था र राइडरको आधारमा एसए५ र पुरानो एसएक्स३ ई–बाइक्सको ६०–१५० किलोमीटर बराबर हुने अपेक्षा गरेको छ। साथै ह्यान्डलबारहरूको प्रत्येक छेउमा बटनको साथ बोर्डमा टर्बो–बूस्ट पनि रहेको उल्लेख छ।
विगतमा सेक्युरिटिको सन्दर्भमा उत्कृष्ट प्रदर्शन गरेको भ्यानमुफले यस नयाँ मिड–रेन्ज ई–बाइक्सको सुरक्षाको लागि भनेर ई–बाइक्समा फोर्थ–जेनेरेसन किक लक (एसए५ ई–बाइकमा जेन ५ लक रहेको छ) समावेश गरेको र यस लकले पछाडिको पाङ्ग्रालाई ट्यापले लक गर्ने बताइएको छ। साथै ई–बाइक्समा एन्टी–थेफ्ट टेक पनि समावेश गरिएको छ। यस एन्टी–थेफ्ट टेक अन्तर्गत अनबोर्ड अलार्म र लोकेसन ट्र्याकिङ समावेश गरिएको छ। यद्यपि ई–बाइक्समा एप्पलको फाइन्ड माई आईटम (वस्तु) ट्र्याकिङको लागि भने कुनै एकीकृत समर्थन नभएको उल्लेख गरिएको छ।
त्यसैगरी डिजाइनमा पनि खासै धेरै परिवर्तन नगरिएको बताइएको छ। यद्यपी नयाँ ई–बाइक्समा ध्यान दिन लायक केही भिन्नताहरू भने रहेका छन्। टोलीले एसएक्स४ को लागि हलो रिङ्ग लाइटिङ्ग र यूएसबी–सी चार्जिङ पोर्टलाई निक्स (रद्द) गरेको बताइएको छ। यद्यपी यसको फ्रेम आफैँमा लुक्स र उचाइको दुवै हिसाबमा पुरानो एसएक्स३ ई–बाइक्सको नजिक देखिएको छ। सम्भवतः सबैभन्दा ठूलो भिन्नता भनेको यसको रङ्गहरू भएको उल्लेख गरिएको छ। एसएक्स४ सदाबहार सनबीम यल्लो, पर्पल फग र फोम ग्रीनमा गरी तीनओटा रङ्गहरुमा आउने बताइएको छ।
भ्यानमोफको दुबै नयाँ मिड–रेन्ज ई–बाइक्स एस४ र एक्स४ अहिले भ्यानमोफको आधिकारिक साइटमा प्रि–अर्डरको लागि उपलब्ध भएको बताइएको छ। सदाबहार मोडल युरोपको लागि बिक्रीमा रहेको र अन्य रङ्ग विकल्पहरू सहित अमेरिकामा मे महिनाको अन्त्यदेखि बिक्री गरिने उललेख गरिएको छ।
प्रकाशित: २९ बैशाख २०८०, शुक्रबार