रियलमी ८ स्मार्टफोन विस्फोटका कारण भारतमा एक युवक गंभिर घाईते

  • Technology Khabar | २८ बैशाख २०८०, बिहीबार
रियलमी ८ स्मार्टफोन विस्फोटका कारण भारतमा एक युवक गंभिर घाईते

काठमाडौं ।

रियलमी ८ स्मार्टफोनमा भएको विस्फोटका कारण भारतमा एक युवकको जीन्समा आगो लाग्यो, जसका कारण उनी नराम्ररी जलेका छन्। रियलमीको यो बजेट स्मार्टफोन २०२१ मा लन्च गरिएको थियो।प्रयोगकर्ताले यसलाई आफ्नो जीन्सको खल्तीमा राखेका थिए। रियलमीको फोनमा ब्लास्टको यो घट्ना लामो समय पछि आएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्।

भर्खरै रेडमीको फोनमा विस्फोट हुँदा भारतमा नै ८ वर्षीया बालिकाको ज्यान गएको थियो। गर्मी मौसममा स्मार्टफोन विस्फोटका घटनाहरू तीव्र रूपमा बढ्ने गरेका छन्।

भारतीय मिडिया मातृभूमिको रिपोर्टअनुसार केरलाको कोझिकोडमा बस्ने युवा हरिस रहमान रियलमीको फोनमा भएको विस्फोटका कारण जलेका छन्। पीडित युवा रेलवेमा ठेकेदार कामदार हुन्। बिहान ७ बजे घरबाट अफिस जाँदैगर्दा उनको जिन्सको खल्तीमा फोन पड्कियो। फोनमा विष्फोट हुँदा युवकको खुट्टाको माथि र तल्लो भागमा गम्भीर चोट लागेको छ। विष्फोटपछि युवकलाई घाइते अवस्थामा अस्पतालमा भर्ना गरिएको छ।

उता रियलमी भारतका प्रवक्ताले घटनामा भने, “हामीले रियलमी ८ स्मार्टफोन विस्फोट भएको रिपोर्ट प्राप्त गरेका छौं। हामीले यस विषयमा छानबिन गरेका छौं, जसअनुसार केही दिनअघि तेस्रो पक्षको स्थानीय पसलमा फोनमा छेडछाड भएको थियो। हाम्रो स्थानीय टोलीले यस मामिलामा ग्राहकलाई सबै सम्भव सहयोग प्रदान गरिरहेको छ।”

“हामी हाम्रा उत्पादनहरू र हाम्रा ग्राहकहरूको सुरक्षा गर्न सबै आवश्यक कदमहरू चाल्न प्रतिबद्ध छौं। हामी हाम्रा ग्राहकहरूलाई रियलमी डिभाइसहरूमा कुनै समस्या भएमा आधिकारिक सेवा केन्द्रमा जान आग्रह गर्दछौं। ग्राहकहरूलाई पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र हाम्रा उत्पादनहरूको सुरक्षालाई सबै भन्दा माथि राख्दछौं।”

समाचार रिपोर्टकाअनुसार ती युवकले दुई वर्षअघि यो रियलमी फोन किनेका थिए। फोनको ब्याट्रीमा कुनै समस्या थिएन। यस विषयमा प्रहरीले उजुरी दर्ता गरेको छ। हरिसले मोबाइल फोन कम्पनीविरुद्ध भारतीय उपभोक्ता अदालतमा उजुरी दिने बताएका छन्। गत महिना पनि केरलाको थिरुविवामाला निवासी ८ वर्षीया अदितिश्रीले आफ्नो रेडमी फोनमा विस्फोट हुँदा ज्यान गुमाएकी थिइन्।

रियलमी ९ भारतीय बजारमा कम्पनीको सबैभन्दा धेरै बिक्री हुने स्मार्टफोनहरू मध्ये एक हो। ब्रान्डले यो स्मार्टफोन २०२१ को मध्यमा लन्च गरेको थियो।

प्रकाशित: २८ बैशाख २०८०, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार