आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने

  • Technology Khabar | २४ बैशाख २०८०, आईतवार
आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने

काठमाडौं ।

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” ले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको छ।

यसैक्रममा ग्राहक वर्गलाई विद्युतीय तथा क्युआर भुक्तानी तर्फ प्रेरित गर्ने उद्देश्यका साथ आइएमई पेले क्युआर भुक्तानीमा रिवार्ड पोइन्ट दिने भएको हो। सो भुक्तानी बाहेक आइएमई पेले अन्य विभिन्न सुविधामा पनि रिवार्ड पोइन्ट दिनेछ।

रिवार्ड पोइन्ट जुनसुकै किसिमको क्युआर भुक्तानीमा समेत पाउन सकिने छ।

सो रिवार्ड पोइन्ट कारोवार गर्दै जाँदा जोडिदैँ जाने र भविष्यमा ग्राहकले रिवार्ड पोइन्ट रिडीम पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

प्रकाशित: २४ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार