
काठमाडौं ।
फ्ल्यागशिप क्वालकम स्न्यापड्रागन चिपको नेक्स्ट जेनेरेसन भर्खरै लोकप्रिय बेन्चमार्किङ प्लेटफर्महरूमा देखा परेको छ। प्लेटफर्महरूले घोषणा हुन बाँकी नै रहेको उक्त प्रोसेसरको प्रदर्शनको बारेमा खुलासा गरेको छ। साथै
उक्त प्रोसेसरले आगामी प्रिमियम एन्ड्रोइड फोनहरूलाई शक्ति प्रदान गर्ने गीज्मोचाइनामा उल्लेख गरिएको छ।
अहिलेसम्मलाई भने चिप मेकिङ्ग जायन्टको स्न्यापड्रागन ८ जेन २ ले धेरै फ्ल्यागशिप ह्यान्डसेटहरूलाई पावर प्रदान गर्दै आएको छ। तर अब स्न्यापड्रागन ८ जेन ३ गीकबेन्च र एनटुटु जस्ता प्लेटफर्महरूमा देखा परेको उल्लेख छ।
विगतमा एउटा रिपोर्टले नयाँ स्न्यापड्रागन ८ सिरिजका चिपसेटले एप्पल ए१७ बायोनिकलाई पछाडि पार्न सक्ने दाबी गरेको विषयलाई कभर गरिएको बताइएको छ। अहिलेको नवीनतम लीक वेईबोबाट आएको र यसले स्न्यापड्रागन ८ जेन ३ ले गीकबेन्च सिङ्गल कोर टेस्टमा २५६३ पोइन्ट र मल्टि कोर टेस्टमा ७२५६ पोइन्ट स्कोर गरेकोे देखाएको बताइएको छ। त्यसैगरी, यसले जीपीयू टेस्टमा ८६२१ पोइन्ट स्कोर गरेको उल्लेख गरिएको छ।
अर्कोतर्फ यसको एनटुटुको समग्र स्कोर सीपीयू मा ३३१,२९२ अंक र जीपीयू मा ८५३,२९५ अंक गरि कुल १,७१२,२७१ आएको उल्लेख छ। यदि बेन्चमार्क परिणामहरू सत्य रहेछन् भने आगामी स्न्यापड्रागन ८ जेन ३ एसओसीको एप्पल ए१७ बायोनिक भन्दा थोरै कम प्रदर्शन रहने देखिएको र यसले गीकबेन्चमा ३,०१९/७,८६० अंक प्राप्त गरेको बताइएको छ। चाखलाग्दो कुरा के छ भने, गीकबेन्च ६.० प्लेटफर्ममा स्न्यापड्रागन प्रोसेसरले २,७२३/७,५२५ अंकहरू स्कोर गरेको उल्लेख गरिएको छ।
प्रकाशित: २० बैशाख २०८०, बुधबार