
काठमाडौं ।
सरकार र आन्दोलनरत डा. महावीर पुनबीच औपचारिक रुपमै वार्ता हुने भएको छ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र पुनबीच सिंहदरबारमा छलफल भएसँगै वार्ता समिति गठन हुने भएको हो।
छलफल निकै सकारात्मक भएको पुनले सामाजिक संजालमार्फत जानकारी दिएका छन्।
उनकाअनुसार साँझ ५ बजेसम्म दुबै पक्षले औपचारिक वार्ता टोली बनाउने र आन्दोलनका मागहरु पूरा गर्न सहमति खोज्ने समझदारी भएको छ।
“आज दिउँसो २ बजे प्रधान मन्त्रीज्यूको निर्देशनमा उपप्रधान मन्त्री पुर्णबहादुर खड्का ज्यू र मुख्य सचिब ज्यू सँग हाम्रो मागको बारेमा छलफल गर्नको लागि बार्ता टोली ५ बजे सम्म गठन गर्ने र बार्ता सुरु गर्ने भन्ने निर्णय भयो,” उनले लेखेका छन्।
पुनको नेतृत्वमा गत शुक्रबारदेखि नवप्रवर्तका लागि भन्दै माइतिघर मण्डलामा धर्ना जारी छ।
प्रकाशित: १७ बैशाख २०८०, आईतवार