
काठमाडौं ।
नेपाल टेलिकमले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ को अवसरमा ग्राहकहरुका लागि आईसीटी डे अफर अफर उपलब्ध गराएको छ। सो अवसरमा कम्पनीले भ्वाइस र डाटा प्याकेज उपलब्ध गराएको छ।
यो अफर आईतबार (२०८० बैशाख १७) देखि प्रारम्भ भएको छ र आगामी २०८० बैशाख १९ सम्म लागु हुने जनाएको छ।
यस अन्तर्गत ४९ रुपैयाँमा १ दिन चलाउन सकिने १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमकै नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।
यसैगरी डाटा प्याकेज अन्तर्गत ९८ रुपैयाँमा ३ दिन चलाउन सकिने ६ जीबी डाटा, १९९ रुपैयाँमा ७ दिन चलाउन सकिने १३ जीबी डाटा, २९४ रुपैयाँमा १० दिन चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिन चलाउन सकिने ३० जीबी डाटा प्याकेज उपलब्ध छ।
‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नारा सहित राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२३ आगामी बैशाख १९ गते मनाइदै छ।
| S.N | Package name | Resource | Validity (days) | Tariff NRs. (Incl. of Tax) |
| 1 | 1Mbps data unlimited +100 Min NT-NT Voice | 1Mbps data unlimited +100 Min NT-NT Voice | 1 | 49 |
| 2 | 6GB data | 6GB | 3 | 98 |
| 3 | 13GB Data | 13GB | 7 | 199 |
| 4 | 20GB Data | 20GB | 10 | 294 |
| 5 | 30GB Data | 30GB | 15 | 399 |
प्रकाशित: १७ बैशाख २०८०, आईतवार