होन्डा र जीएस युआसाले ब्याट्री विकास र प्लान्टका लागि ३ अर्ब डलर लगानी गर्ने

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
होन्डा र जीएस युआसाले ब्याट्री विकास र प्लान्टका लागि ३ अर्ब डलर लगानी गर्ने

काठमाडौं ।

जापानी अटोमेकर होन्डा मोटर कम्पनी लिमिटेड र ब्याट्री निर्माता जीएस युआसा कर्पोरेशनले विद्युतीय सवारीसाधन (ईभी) र घरहरूका लागि ब्याट्री उत्पादन गर्न ४०० अर्ब येन (२.९९ बिलियन डलर) लगानी गर्ने निकाई अखबारले बिहीबार रिपोर्ट गरेको छ।

कम्पनीहरूले कम्तिमा २० गिगावाट घण्टा (गीडब्लुएच) को उत्पादन क्षमतालाई लक्षित गर्दै जापानमा नयाँ प्लान्ट निर्माण गरेर सुरु गर्ने निक्कीले स्रोतहरू उद्धृत नगरी थप जानकारी दिएको छ।

कम्पनीहरूले जनवरीमा अनावरण गरेको संयुक्त उद्यमले ब्याट्री र सामग्रीको विकासका साथै पूँजी लगानीमा केन्द्रीय भूमिका खेल्ने रिपोर्टमा बताईएको छ।

जापानको अर्थतन्त्र, व्यापार र उद्योग मन्त्रालयले करिब १५० अर्ब येनको अनुदान उपलब्ध गराउने उक्त अखबारले थप जानकारी नदिई उल्लेख गरेको छ।

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...