नयाँ सिपीयू क्लस्टर्स र ३.७ गीगाहर्ज प्राइम कोरको साथ स्न्यापड्रागन ८ जेन ३ आउने

  • Technology Khabar | १७ बैशाख २०८०, आईतवार
नयाँ सिपीयू क्लस्टर्स र ३.७ गीगाहर्ज प्राइम कोरको साथ स्न्यापड्रागन ८ जेन ३ आउने

काठमाडौं ।

स्न्यापड्रागन ८ जेन २ ले आफ्नो परफरमेन्समा एक ठूलो छलाङ्ग र राम्रो दक्षता ल्याएको र अब आउने यसको उत्तराधिकारीमा अझ उच्च महत्वाकांक्षा भएको उल्लेख गरिएको छ।

क्वालकमको फ्ल्यागशिप प्लेटफर्मको अर्को पुस्तामा नयाँ सीपीयू आर्किटेक्चर प्याक गर्ने र यसले क्लक स्पिडलाई उल्लेखनीय रूपमा धक्का दिने जीएसएमएरिनाले उल्लेख गरेको छ।

स्न्यापड्रागन ८ जेन ३ मा अभूतपूर्व ३.७ गीगाहर्जमा एउटा प्राइम कोर्टेक्स–एक्स४ सीपीयू कोर, कार्यसम्पादनका लागि पाँच शक्तिशाली कोर र दक्षताका लागि दुई साना कोरहरू रहने बताइएको छ।

डिजिटल च्याट स्टेसनका अनुसार यसको मोडल नम्बर एसएम८६५० रहेको र जीपीयुलाई एड्रेनो ७५० भनिने उल्लेख गरिएको छ। टीएसएमसी अब भने एन४ बाट एन४पी नोडमा सरेर चिपहरू उत्पादन गर्न जारी राख्ने अपेक्षा गरिएको छ। उक्त प्रविधि अझै पनि ४एनएम प्रक्रिया प्रविधि भएको तर यसको दक्षतामा अलिकति वृद्धि भएको बताइएको छ।

उत्पादन चक्र (प्रोडक्सन साइकल) को कारणले गर्दा टीएसएमसी ३एनएम प्रक्रियामा नगएको र एन४पी पर्याप्त रुपमा राम्रो र किफायती भएको उल्लेख गरिएको छ। साथै ताइवानका कारखानाहरू फोन कम्पनीहरूले परीक्षण पूरा गरेपछि ठूलो उत्पादन सुरु गर्नको लागि तयार रहेको बताइएको छ।

प्रकाशित: १७ बैशाख २०८०, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार