विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम

  • Technology Khabar | १६ बैशाख २०८०, शनिबार
विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम
सांकेतिक तस्विर

काठमाडौं ।

गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा (एसइई) सकाएर बसेका विद्यार्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ। यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ।

गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिए। गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको उनले जानकारी दिए।

“शिक्षामा समानताको कुरा गरिए पनि सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अझैपनि कम्युटरसँग खेल्न पाएका छैन, कम्युटर सिकाइको अवसर पाउन सकेका छैनन्, उनले भने, “एसइईपछि नतिजा नआउँदासम्मको खाली समयमा खेर फाल्न दिनुहुदैन भन्ने उद्देश्यसहित तालिम सुरु गरिएको हो।”

गाउँपालिकाको वडा नं ८ स्थित ज्ञानमार्ग माध्यामिक विद्यालयमा तालिम सञ्चालन भइरहेको उनले जानकारी दिए। निजी तालिम केन्द्रमा गएर कम्युटर सिक्दा विद्यार्थीले महँगो शुल्क तिनुपर्ने भएकाले पनि गाउँपालिकाले निःशुल्क तालिमको सुरु गरेको उनको भनाइ छ । गाउँपालिकाले ४० पिरियडको पाठ्यक्रम निर्माण गरी कक्षा सञ्चालन गर्न सुरु गरेको छ कम्युटर शिक्षकलाई गाउँपालिकाले नै तलब उपलब्ध गराउने छ।

उनले भने,“यसैबाट गण्डकी गाउँपालिकाभित्रका विद्यार्थीलाई कम्युटर विषयमासमेत दक्ष बनाउन मद्दत पुग्छ भन्ने हाम्रो विश्वास छ।” तालिममा गाउँपालिकाभित्र रहेका आठ माध्यामिक विद्यालयका करिब एक सय ५० भन्दा बढी एसइई दिएर बसेका विद्यार्थीको सहभागिता रहेको गाउँपालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिए।

पालिकाभित्रका माविमा सङ्घीय सरकारबाट अनुदानमा प्राप्त भएको कम्प्युटरको सही सदुपयोग होस् भन्ने उद्देश्यले पनि तालिम सञ्चालन गरिएको जनाइएको छ।

प्रकाशित: १६ बैशाख २०८०, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...