ताजा समाचार

फुडमाण्डुको नयाँ वर्ष अफर, दैनिक अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने

फुडमाण्डुको नयाँ वर्ष अफर, दैनिक अर्डरमा ८० प्रतिशतसम्म छुट पाइने
Global IME Bank

नयाँ वर्ष २०८० को उपलक्ष्यमा फुडमान्डुले नयाँ अफर घोषणा गरेको छ। यस योजना अन्तर्गत ग्राहकले दैनिक आफ्नो अर्डरमा कम्तिमा २०% देखि ८०% सम्मको छुटको भौचर कोडहरु प्राप्त गर्न सक्नेछन् ।

छुट कति पर्यो भनेर ग्राहकहरुले अर्डर गर्ने बेलामा मात्र थाहा पाउनेछन् ।

आफ्नो ग्राहकहरुलाई सधैँ अविस्मरणीय अनुभव प्रदान गर्न प्रतिबद्ध फुडमाण्डुले यो योजना नयाँ वर्ष मनाउने क्रममा ग्राहकहरुलाई उत्साह र रहस्यको अनुभुति दिन ल्याइएको बताएको छ।

फुडमाण्डुका ब्रान्ड मार्केटिङ एक्जेक्युटिभ अंकिता जोशी भन्छिन्, “हामी निरन्तर रुपमा नयाँ नौलो क्याम्पेनहरु ल्याउन खोजिरहन्छौँ र यो नयाँ वर्ष पनि हाम्रा ग्राहकहरुलाई यो रमाइलो अनुभव प्रस्तुत गर्न पाउँदा धेरै उत्साहित छौँ ।”

यो अफरको लाभ लिन फुडमाण्डुको एपमा जानुपर्ने जनाएको छ।

Sajilo Visa
easy care