
काठमाडौं ।
चिनियाँ सरकारी स्वामित्वका अपरेटरहरू चाइना टेलिकम, चाइना मोबाइल र चाइना युनिकमले एसिया, मध्यपूर्व र युरोपलाई जोड्ने गरी ५० करोड अमेरिकी डलरको लगानीमा पानीमुनि फाइबर अप्टिक इन्टरनेट केबल नेटवर्क विकास गरिरहेका छन्।
यस तैनाथीले समान अमेरिकी समर्थित परियोजनालाई प्रतिस्पर्धा गर्ने अपेक्षा गरिएको यस विषयमा जानकारी भएका चार व्यक्तिलाई उदृत गर्दै रोयटर्सले लेखेको छ। सोही स्रोतका अनुसार, तीन अपरेटरहरूले हाल विश्वको सबैभन्दा उन्नत र दूरगामी सबसी केबल नेटवर्कहरू मध्ये एकको नक्साङ्कन गरिरहेका छन्।
युरोप-मध्य पूर्व-एसिया (ईएमए) को रूपमा चिनिने, प्रस्तावित केबलले सिंगापुर, पाकिस्तान, साउदी अरेबिया, इजिप्ट र फ्रान्ससम्म पुग्नु अघि, हङकङलाई चीनको टापु प्रान्त हाइनानसँग जोड्नेछ।
यो केबल, जसलाई पूरा गर्न लगभग ५०० मिलियन डलर लाग्ने छ, चीनको एक द्रुत-बढ्दो केबल फर्म एचएमएन टेक्नोलोजी कम्पनी लिमिटेडले निर्माण र बिछ्याउनेछ जसको पूर्ववर्ती कम्पनी चिनियाँ दूरसञ्चार जायन्ट ह्वावे टेक्नोलोजी कम्पनी लिमिटेडको स्वामित्वमा थियो।
सबै अन्तर्राष्ट्रिय इन्टरनेट ट्राफिकको ९५% भन्दा बढी समुद्रमुनि केबलहरूले बोक्छन्। यी उच्च-स्पीड कन्ड्युटहरू दशकौंदेखि टेलिकम र टेक कम्पनीहरूको समूहको स्वामित्वमा छन् जसले यी विशाल नेटवर्कहरू निर्माण गर्नका लागि आफ्ना स्रोतहरू जम्मा गर्छन् जसले डाटा विश्वभर निर्बाध रूपमा सार्न सकोस्।
प्रकाशित: १ बैशाख २०८०, शुक्रबार