
काठमाडौं ।
एक स्विडिस/स्विडेनी अटोमोटिभ कम्पनी पोलस्टारले अर्को हप्ता अप्रिल १८ तारिखमा हुने सांघाई अटो शोमा पोलस्टार ४ ईभी कार अनावरण गर्ने पुष्टि गरेको छ।
यस आगामी विद्युतीय कारको बारेमा धेरै जानकारी थाहा नभए पनि यो ब्रान्डको सबैभन्दा फास्टेस्ट कार हुने पुष्टि भएको भनी गीज्मोचाइनामा उल्लेख गरिएको छ।
उक्त नयाँ विद्युतीय कार पोलेस्टार ४ एक कुप एसयूभी हुने र यसको डिजाइन पोलेस्टार ३ र अपडेट गरिएको पोलेस्टार २ को बीचमा पर्ने/हुने अपेक्षा गरिएको छ। अर्को पुस्ताको यस नयाँ मोडल ब्राण्डको सबैभन्दा फास्टेस्ट कार हुने भएकोले यसले पोलेस्टार १ लाई उछिन्ने बताइएको छ। नयाँ विद्युतीय कार ४.२ सेकेन्डमा ०–६२ माइल प्रति घण्टाको गतिको लागि सक्षम रहेको उल्लेख गरिएको छ।
यो कार यसअघि पोलस्टार अवधारणाहरूमा पहिले नै फिचर गरिएको डिजाइन संकेतहरू र दिगोपन संवर्द्धनका साथ आउने ईभीको पहिलो उत्पादन हुने बताइएको छ। “पोलस्टारले एसयूभी कुप लिएको र त्यसलाई विद्युतीय युगको लागि परिवर्तन गरेको छ। पोलस्टार ४ ले आधुनिक प्रविधिद्वारा परिष्कृत प्याकेजमा एसयूभीको स्पेसको साथ कुपेको एरोडायनामिक्ससँग विवाह गरेको” भनी कम्पनीले एक प्रेस विज्ञप्तिमा बताएको उल्लेख गरिएको छ।
अहिले सम्ममा यस पोलेस्टार ४ को मूल्य निर्धारण र उपलब्धता बारे कुनै पनि जानकारी प्राप्त नभएको बताइएको छ। हाल, कम्पनीले पोलेस्टार ३ को लागि पूर्व–अर्डर लिइरहेको छ भने संयुक्त राज्यमा यसको मूल्य ८५,३०० डलरदेखि सुरु हुने बताइएको छ। साथै यस वर्षको अन्तमा पोलेस्टार ३ उत्पादनमा प्रवेश गर्ने अपेक्षा गरिएको छ। त्यसैगरी कम्पनीले पोलेस्टार ५ को खुलासा गरिसकेको र २०२४ मा आउने तयारीमा रहेको उल्लेख गरिएको छ।
प्रकाशित: २९ चैत्र २०७९, बुधबार