कुवेती समाचार आउटलेटद्वारा एआई-जेनेरेटेड प्रस्तोता फेडा सार्वजनिक

  • Technology Khabar | २९ चैत्र २०७९, बुधबार
कुवेती समाचार आउटलेटद्वारा एआई-जेनेरेटेड प्रस्तोता फेडा सार्वजनिक

काठमाडौं ।

कुवेती मिडिया आउटलेटले आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर भर्चुअल समाचार प्रस्तुतकर्ता सिर्जना गरेको बताएको छ।

‘फेडा’ले कुवेत टाइम्सको सम्बद्ध कुवेत समाचारको ट्विटर अकाउन्टमा डेब्यू गरेको बीबीसीले उल्लेख गरेको छ।

उनी कालो ज्याकेट र सेतो टी–शर्ट लगाएकी हल्का रङको कपाल भएको महिलाको छविको रूपमा देखिन्छिन्।

कुवेत न्युजका डेपुटी एडिटर–इन–चीफ अब्दुल्ला बोफ्टेनले एएफपी समाचार एजेन्सीलाई यस कदमले एआईको “नयाँ र नवीन सामग्री“ प्रस्ताव गर्ने क्षमताको परीक्षण गरेको बताए।

‘म फेडा, कुवेतको पहिलो प्रस्तोता हुँ, कुवेत समाचारमा आर्टिफिसियल इन्टेलिजेन्सको साथ काम गर्छु। तपाईलाई कस्तो समाचार मनपर्छ? तपाईको विचार सुनौं,’ एआईद्वारा उत्पन्न प्रस्तोताले अरबीमा भनिन्।

फेडा कुवेती उच्चारण विकसित गर्न सक्ने र अनलाइन समाचार बुलेटिन पढ्न सक्ने बोफ्टेनले बताए।

‘फेडा एक लोकप्रिय, पुरानो कुवेती नाम हो जसले चाँदी, धातुलाई जनाउँछ। हामी सधैं रोबोटहरू चाँदी र धातुको रंगको कल्पना गर्छौं, त्यसैले हामीले दुईलाई जोड्यौं,’ उनले भने।

‘प्रस्तुतकर्ताको सुनौलो कपाल र हल्का रङका आँखाले कुवेती र प्रवासीहरूको देशको विविध जनसंख्या झल्काउँछ,’ बोफ्टेनले भने।
एआई जेनेरेटेड समाचार प्रस्तुतकर्ता अनावरण गर्ने कुवेत पहिलो देश भने होइन्। सन् २०१८ मा चीनको राजइ समाचार एजेन्सीले आफ्नै भर्जुअल न्यूजरीडरको अनावरण गरेको थियो। जसमा सार्प सूट र केही हदसम्म रोबोटिक आवाज थियो।

प्रकाशित: २९ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार