अब इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै, सवारी धनीले भाषा छनोट गर्न सक्ने

  • Technology Khabar | २२ चैत्र २०७९, बुधबार
अब इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै, सवारी धनीले भाषा छनोट गर्न सक्ने
सांकेतिक फाइल तस्बिर

काठमाडौं ।

अब इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै लेखिने भएको छ। इम्बोस्सड नम्बर अंग्रेजीमा लेखिदै आएकोले लामो समयदेखि भाषागत विवाद उत्पन्न भइरहेको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालीमा लेख्न पाइने निर्णय गरेको हो ।

अब सवारीसाधनको इम्बोस्ड नम्बर प्लेटमा देवनागरी लिपिमा पनि लेख्न सकिने भएको छ। अब सवारी धनीले आफ्नो चाहना अनुसार अंग्रेजी वा नेपालीमा इम्बोस्ड नम्बर राख्न सक्नेछन्। बैठकले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची–२ अनुसार निर्णय गरेको हो ।

मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित कार्यक्रममा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सो निर्णय सार्वजनिक गरिन् । उनका अनुसार पुरानोलाई संशोधन गरेर देवनागरी लिपिमा पनि लेख्न मिल्ने निर्णय गरिएको छ । यसअघि अब इम्बोस्ड नम्बर प्लेटमा अंग्रेजी अक्षर र अंक लेख्नैपर्ने बाध्यता थियो ।

प्रकाशित: २२ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार