
काठमाडौं ।
भारतमा इलेक्ट्रिक दुई पांग्रेको बिक्री तीव्र गतिमा वृद्धि भइरहेको छ।
मार्च २०२३ मा कुल ८३ हजार ८६० यूनिट इलेक्ट्रिक दुई पांग्रे भारतमा बिक्री भएको छ। फेब्रुअरीमा ६५ हजार ६२३ यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री भएको थियो। फेब्रुअरीको तुलानमा मार्चमा इलेक्ट्रिक दुई पांग्रेको बिक्री २१.७४% ले बढेको छ। मार्च २०२२ को ५४ हजार ३९८ यूनिटको तुलनमा ३५% वृद्धि देखिएको ड्राइभस्पार्कले उल्लेख गरेको छ।
इलेक्ट्रिक दुई पांग्रे बिक्रीको हिसाबले ओला इलेक्ट्रिक भारतको नम्बर कम्पनी रहेको छ। ओलाने मार्चमा २७ हजार यूनिट बिक्री गरेको छ भने फेब्रुअरीमा १८ हजार २७९ यूनिट बिक्री गरेको थियो। हाल कम्पनीले ओला एसवान प्रो, ओला एसवान इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको छ।
बिक्रीका आधारमा टीभीएस मोटर दोस्रो स्थानमा छ। टीभीएसले मार्चमा १६ हजार ४५४ यूनिट बिक्री गरेको छ फेबुअरीमा १० हजार ३७८ यूनिट थियो। टीभीएसले हाल एकमात्र इलेक्ट्रिक स्कुटर आईक्यूब बिक्री गरिरहेको छ। हालसम्म कम्पनीले १ लाख यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरिसकेको छ।
एथर एनर्जीले मार्चमा ११ हजार ९९३ यूनिट इलेक्ट्रिक स्कुटर बिक्री गरेको छ। फेब्रुअरीमा ९ हजार १८७ यूनिट बिक्री गरेको थियो। एथरसँग ४५०एक्स र ४५० मोडल छ।
एम्पियर भेहिकल बिक्रीको आधारमा चौथो स्थानमा छ। कम्पनीले मार्चमा ८ हजार ८४४ यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री गरेको छ भने फेब्रुअरीमा यस्तो बिक्री ४ हजार ४२४ यूनिट थियो। त्यसपछि हीरो इलेक्ट्रिकले मार्चमा ६ हजार ६४० यूनिट बिक्री गरेको छ।
ओकिनावा अटोटेकले मार्चमा ४ हजार २०१ यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री गरेको छ। कम्पनीले फेब्रुअरीमा ३ हजार ८४० यूनिट बिक्री गरेको थियो। चेतक टेक्नोलोजीले मार्चमा २ हजार ३१९ यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री गरेको छ।
बजाज अटोले मार्चमा चेतक इलेक्ट्रिक स्कूटर २ हजार १३६ यूनिट बिक्री गरेको छ। ओकायाले मार्चमा १ हजार ७२० यूनिट इलेक्ट्रिक दुई पांग्रे बिक्री गरेको छ।
प्रकाशित: २२ चैत्र २०७९, बुधबार