
काठमाडौं ।
बीवाईडीले सोडियम आयन ब्याट्री जडित इलेक्ट्रिक कार ल्याउने भएको छ। बीवाईडीको पहिलो सोडियम आयन ब्याट्रीबाट सञ्चालन हुने सिगल अप्रिल १८ मा सार्वजनिक हुनेछ। ३.७ मिटर लामो इलेक्ट्रिक कारको मूल्य ११ हजार ६०० अमेरिकी डलर तोकिएको एरिनाइभीले उल्लेख गरेको छ।
बीवाईडी सिगल ह्याचब्याक दुई भर्सन ५५ किलोवाट र ७५ किलोवाट इलेक्ट्रिक मोटरमा उपलब्ध हुनेछ। दुवै भर्सनमा रहेको समान ३८ किलोवाट बीवाईडी एलएफपी ब्याट्रीले ४०५ किलोमिटर सीएलटीसी सर्टिफाइड रेञ्ज प्रदान गर्छ। स्थानीय रिपोर्टका अनुसार दोस्रो सोडियम आयन ब्याट्री सानो ३० किलोवाट क्षमता छ र ३०५ किलोमिटर रेञ्ज प्रदान गर्छ। बीवाईडील आफ्नो उत्पादन क्षमता बढेपछि २९ हजार अमेरिकी डलरभन्दा कम मूल्यका सबै मोडलहरुमा सोडियम आयन ब्याट्री प्रयोग गर्ने योजना बनाएको छ।
बीवाईडी सिगल ४ सिटर ५ डोर ह्याचब्याक हो।
सोडियम-आयन ब्याट्रीहरु लोकप्रिय हुन थालेका छन्। बीवाईडी सिगल नयाँ प्रविधिको विशेषता भएको पहिलो कार भने होइन। पहिलो सोडियम आयन ब्याट्री प्रयोग गरेर बनाइएको कार सेहोल इएक्स१० हो। यो कार भीडब्ल्यू र जेएसीको जेभीमा तयार गरिएको हो।
सोडियम आयन ब्याट्री उत्पादन गर्न सस्तो हुनुका साथै चिसो तापक्रमबाट पनि कम प्रभावित हुन्छन्। यसका बाबजुत यस प्रविधिमा अझै धेरै सुधार गर्न आवश्यक छ। सोडियम आयन ब्याट्रीको चार्जिङ रेट स्लो हुनुका साथै ऊर्जा घनत्व पनि कम छ।
प्रकाशित: २२ चैत्र २०७९, बुधबार