एनसीएचएलमा दुई नयाँ संचालक नियुक्त

  • Technology Khabar | १५ चैत्र २०७९, बुधबार
एनसीएचएलमा दुई नयाँ संचालक नियुक्त

काठमाडौं ।

नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) मा दुई नयाँ संचालकहरु नियुक्त भएका छन्। एनसीएचएलको संचालक समितिमा महेश ढकाल र जगदीश दहाललाई नियुक्ति गरेको हो।

ढकाल नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत हुन्। उनी वाणिज्य बैंकहरुका तर्फबाट एनसीएचएलको संचालकमा नियुक्ति भएका हुन्।

यस्तै, एनसीएचएलको स्वतन्त्र सञ्चालकका रुपमा अधिवक्ता जगदीश दहाल नियुक्त भएका छन् । एनआईएमबिका एनआईएमबिका डेपुटी सीईओ ढकाल र अधिवक्ता दहाललाई एनसीएचएलको २०६औं संचालक समितिको बैंठकले सञ्चालकमा नियुक्ति गरेको हो।

क्लियरिङ्ग हाउसको संचालकमा कुल सात जना प्रतिनिधि रहने व्यवस्था छ। क्लियरिङ्ग हाउसको संचालकमा राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंक तर्फबाट तीन जना, विकास बैंक र फाइनान्स कम्पनीबाट १/१ जना तथा स्वतन्त्र सञ्चालकबाट एक जना प्रतिनिधि रहने व्यवस्था रहेको छ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार