स्टार्टअपले ३ वर्षसम्मको मुनाफामा शतप्रतिशत आयकर छुट पाउने

  • Technology Khabar | १५ चैत्र २०७९, बुधबार
स्टार्टअपले ३ वर्षसम्मको मुनाफामा शतप्रतिशत आयकर छुट पाउने

काठमाडौं ।

सरकारले स्टार्टअप उद्यम वा व्यवसायलाई ३ वर्षसम्मको मुनाफामा शतप्रतिशत आयकर छुट दिने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९ (मस्यौदा)मा स्टार्टअप उद्यम वा व्यवसाय सञ्चालन गरि मुनाफा गरेको ३ वर्षसम्म आयकरमा शतप्रतिशत छुट दिने कानुनी व्यवस्था गरिने उल्लेख गरिएको छ।

मस्यौदाले विभिन्न १४ ओटा क्षेत्रमा शुरु गरिएको उद्यम वा व्यवसाय र परिषदले तोकेको अन्य विषयलाई स्टार्टअपको मान्यता दिएको छ।

स्टार्टअपका रुपमा वर्गिकृत उद्यम वा व्यवसाय
(१)कृषि, तथा पशुपन्छीमा आधारित,
(२)वन (जडीबुटी, वन पैदावार) मा आधारित,
(३) पर्यटन प्रवर्द्धन तथा मनोरञ्जन र अतिथि सत्कारसँग सम्बन्धित,
(४) विज्ञान, प्रविधि, सञ्चार तथा सूचना प्रविधिमा आधारित,
(५) मानव स्वास्थ्य सेवासँग सम्बन्धित,
(६) शिक्षा तथा शिक्षण सिकाईसँग सम्बन्धित,
(७)सहज र सुरक्षित यातायात तथा पारवहन सेवासँग सम्बन्धित,
(८) पूर्वाधार निर्माण कार्यसँग सम्बन्धित,
(९) विद्युतीय सवारी साधन तथा अटोमोबाइलसँग सम्बन्धित,
(१०) परम्परागत प्रविधि, उत्पादन र सेवाप्रवाहको प्रक्रियामा सुधारसँग सम्बन्धित,
(११) खनिज, अनुसन्धान र विकाससँग सम्बन्धित,
(१२) घरायसी वा दैनिक जीवनयापनलाई सरल, सहज, सुरक्षित बनाउन सहयोग पुग्ने प्रकृतिका.
(१३) वस्तु वा सेवाको वितरण प्रणाली सम्वन्धित,
(१४) परम्परागत पेशा तथा उद्यमको पुनर्जागरण सम्वन्धित,
(१५) परिषदले तोकेको अन्य विषय।

सरकारले १० जना भन्दा बढी पूर्णकालिन कामदार नभएको, स्थिर पूँजी (जग्गाको मूल्य समेत) २ करोड रुपैयाँ भन्दा बढी नभएको, चुक्ता पूँजी ५० लाख भन्दा बढी हुनु हुँदैन र वार्षिक कूल आय ५० लाख रुपैयाँ भन्दा बढी नभएको लगायत विशेषता भएका उद्यम वा व्यवसायलाई स्टार्टअपको रुपमा वर्गीकरण गरेको छ।

राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०७९ (मस्यौदा)

PRI18283_PRI18282_Image_210_compressed

 

प्रकाशित: १५ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार