एमजी जेडएस ईभीको बुकिङ खुल्ला, शुरुवाती मूल्य ४८ लाख ४९ हजार

  • Technology Khabar | १५ चैत्र २०७९, बुधबार
एमजी जेडएस ईभीको बुकिङ खुल्ला, शुरुवाती मूल्य ४८ लाख ४९ हजार

काठमाडौं ।

एमजी जेडएस ईभीको प्रि-बुकिङ खुल्ला भएको छ। एमजीको नेपालका एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ इलेक्ट्रिक एसयूभी एमजी एमजी जेडएस ईभीको प्रि-बुकिङ खुल्ला गरेको छ।

यो मोडलमा २८० एनएमको अधिकतम टर्क प्रदान गर्न सक्ने ९९ किलोवाटको मोटर र ५१ केडब्ल्युएचको ब्याट्री क्षमता रहेको कम्पनीले जनाएको छ। आधा घण्टामै ८०% चार्ज हुने यसको ब्याट्रीले सिङल चार्जमै ३२० किलोमिटरको अधिकतम रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ। यस एसयूभीको ब्याट्री लाइफ ८ वर्षको रहेको छ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग, इएसपी, इएबी, एचडीसी, अटो होल्ड लगायत फिचरहरु छन्। भने, मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ, डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्रीडि साउन्ड सिस्टम, ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर-फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ।

दुई भेरीयन्टमा उपलब्ध यस एसयुभिको कम्फर्ट भेरियन्टको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ र डिलक्स भेरियन्ट्को मूल्य .५२ लाख ४९ हजार रुपैयाँ तोकिएको छ। वैशाखबाट उपभोक्ताहरुलाई डेलिभरी गर्न शुरु गरिने भनिएको यस एसयुभीलाई १ लाख रुपैयाँ डिपोजिट गरेर प्रि–अर्डर वा बुक गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

प्रकाशित: १५ चैत्र २०७९, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार