दूरसञ्चार प्राधिकरणको कानूनतर्फको बोर्ड सदस्यमा कृष्णप्रसाद पोखरेल नियुक्त

  • Technology Khabar | १४ चैत्र २०७९, मंगलवार
दूरसञ्चार प्राधिकरणको कानूनतर्फको बोर्ड सदस्यमा कृष्णप्रसाद पोखरेल नियुक्त

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणको कानूनतर्फको बोर्ड सदस्यमा कृष्णप्रसाद पोखरेल नियुक्त भएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद बैठकले पोखरेललाई नियामक निकाय प्राधिकरणको कानून सदस्यमा नियुक्त गरेको हो।

उनको नाम यसअघि गठित सिफारिस समितिले पहिलो प्राथमिकतामा राखेर पठाएको र सोही आधारमा नियुक्ति गरिएको स्रोतले जानकारी दिएको छ।

यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित सिफारिस समितिले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

समितिले पोखरेलसँगै प्रविन सुवेदी र सुवाश लामिछानेको नाम पठाएको थियो। पोखरेलको नाम अगाडि भएसँगै उनलाई नै नियुक्त गरिएको बताईएको छ।

प्रकाशित: १४ चैत्र २०७९, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

60 cameras installed for tiger counting go missing

  • Technology Khabar
  • १४ चैत्र २०७९, मंगलवार