
काठमाडौं ।
जानकी टेक्नोलोजी, एसएमएस स्प्यारोका सीईओ मनोज थापालाई जालन्धरको लभली प्रोफेशनल युनिभर्सिटी परिसरमा व्यावसायिक उत्कृष्टता पुरस्कार प्रदान गरिएको छ।
उक्त पुरस्कार आम आदमी पार्टी (आप) भारतका राज्यसभा सांसद अशोक मित्तल र लभली प्रोफेशनल युनिभर्सिटी (एलपीयू) का कुलपति रश्मी मित्तलले थापालाई प्रदान गरेको जानकारी दिएको छ।
व्यावसायिक उत्कृष्टता पुरस्कारले आफ्नो क्षेत्रमा असाधारण योगदान पुर्याएका व्यक्तिहरूलाई मान्यता दिन्छ। मनोज थापालाई प्राविधिक तथा दूरसञ्चार भासको क्षेत्रमा व्यावसायिक उत्कृष्टता देखाएको भन्दै सम्मान गरिएको हो।
मनोज थापाले सन् २०१५ मा लभ्लि प्रोफेशनल युनिभर्सिटीबाट मास्टर अफ बिजनेस एडमिनिस्ट्रेशन पूरा गरेका थिए । उनी २०२२ मा जानकी टेक्नोलोजी, एसएमएस स्प्यारोमा प्रवेश गरे र त्यसपछि टेलिकम्युनिकेसन भास स्पेसमा अग्रगामी नवीन उत्पादनहरूमा कम्पनीको नेतृत्व गर्दै आएका छन्।
उनको नेतृत्वमा, जानकी टेक्नोलोजी, एसएमएस स्प्यारो द्रुत रूपमा बढेको र नेपालमा टेलिकम्युनिकेशन भास समाधानहरूको एक अग्रणी प्रदायकको रूपमा स्थापित भएको बताईएको छ। नेपालको प्राविधिक उद्योगको विकासमा पुर्याएको योगदानका लागि पनि उनलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
मनोज थापाले भने, ‘यो मान्यता जानकी टेक्नोलोजी, एसएमएस स्प्यारोमा सम्पूर्ण सदस्यको कडा परिश्रम र समर्पणको प्रमाण हो। हामी हाम्रा ग्राहकहरूलाई टेलिकम्युनिकेसन भास स्पेसमा अत्याधुनिक समाधानहरू प्रदान गर्न जारी राख्नेछौं।’
प्रकाशित: १४ चैत्र २०७९, मंगलवार